आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए एनसीसी कतारको युवा संयोजकमा सुमन भारतीको उम्मेद्धारी

शुक्रबार, असार ४ २०७८

काठमाडौ । गैर आवासीय नेपाली संघ(एनआरएनए)को आशन्न निर्बाचन २०२१–२०२३ कार्यकालको लागी युवा संयोजकमा कतारबाट सुमन भारतीले उम्मेद्धवारी दिएका छन । लामो समयदेखि कतारमा बसेका भारती नेपाली समुदायको नजिक रही नेपाली समाज र समुदायको हितको लागि काम गरेका व्यक्ति हुन उनले आफ्नो अनुभवहरुलाई संगाल्दै एनआरएनएलाई उपलब्धी मुलक बनाउने उद्धेश्यले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारमा युवा संयोजक पदमा उम्मेद्धारी दिएको बताए । भारतीले एनआरएनए एनसिसि कतारको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पुर्याउन केही गर्ने आत्म विस्वासका साथ उम्मेदवारी दिने निर्णय गरेको बताए ।भारतीले आफु सदैब एनसीसी कतारको बृहत्तर हित र कतारमा रहेका नेपालीहरुको हक हितका लागी काम गर्ने बताउदै कतार बासी एनसीसी सदस्यहरुलाई आगामी कार्यकालको लागी आफ्नो अमुल्य मत दिई युवासंयोजकमा विजयी गराउन आग्रह गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार