मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सिद्धार्थ बैंकका ग्राहकलाई बर पीपल रिसोर्टमा छुट

आइतबार, साउन १० २०८३

काठमाडौं(जस)–सिद्धार्थ बैंकका ग्राहकले अब पोखरास्थित बर पीपल रिसोर्टमा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका लागि सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ । सम्झौताअनुसार ग्राहकले लेकसाइड, पोखरास्थित बर पीपल रिसोर्टमा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
त्यस्तै, बैंकको नारी डेबिट कार्ड वा प्लाटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई आकर्षक छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारको सट्टा डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार