कतार / नेपाली महिला समाज कतारले कतारका लागि नवनियुक्त राजदुत डा.नरेश बिक्रम ढकालसँग भेटघाट गरेको छ । भेटमा नेपाली महिला समाज कतारले नवनियुक्त राजदुत डा. ढकालको स्वागत गर्नुका साथै परिचय कार्यक्रम राखिएको अध्यक्ष सरिता भण्डारी पौडेलले बताईन ।
सँस्थाले गर्दै आएका विविध गतिबिधि लगाएत श्रमिक दिदिबहिनिहरुका बिभिन्न समस्या र बिधमान समस्याका बारेमा आफुहरुले दूतावासलाई जानकारी गराएको अध्यक्ष भण्डारीले बताईन ।
उक्त भेटमा राजदुत डा. ढकालले सँस्थाको प्रगतिको कामना गर्दै सँस्थालाइ हर तवरले सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे । उक्त भेटघाट कार्यक्रममा घरेलु कामदारका विषय, क्रोनिचमा हुने गरेका कृयाकलापको विषय, शेल्टर हाउसको विषय, दक्ष जनशक्तिको सम्भावनाको बिषय, कामदार दिदिबहिनिहरुले भोग्नु परेका समस्या साथै समस्या न्युनिकरण सम्बन्धमा छलफल भएको अध्यक्ष भण्डारीले बताईन ।
समाजले राजदुत डा. ढकालको सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो ।
भेटघाटमा दूतावासका दितीय सचिव प्रबिण भट्टराई,समाजका अध्यक्ष भण्डारी,प्रथम उपाध्यक्ष माया केसी,उपाध्यक्ष अप्सना खान,महासचिव कामना केसी,कोषाध्यक्ष सरिता चिलुवाल पोखरिया,सहकोषाध्यक्ष मेनुका खतिवडा लगाएतको उपास्थिती रहेको थियो।

