दोहा,कतारका लागि नेपाली राजदुत महामहिम डा. नरेश बिक्रम ढकाललाई प्रबासी नेपाली एकता मन्च कतारले स्वागत कार्यक्रम आयोजना गरि स्वागत गरेको छ । मंचका अध्यक्ष रामहरी गैरेको नेतृत्वमा मन्चका पदाधिकारी, सदस्य तथा सल्लाहकार परिषदका अध्यक्ष एबम सदस्यहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको छ । उक्त स्वागत कार्यक्रममा मन्चका अध्यक्ष रामहरि गैरेले नबनियुक्त राजदुतलाई मंच र दूतावास सम्बन्ध स्थापना देखि रहदै आएको र आगामी दिनहरूमा अझ परिबर्तित समयाअनुकुल अझ प्रभाबकारी बनाउदै लैजाने कुरामा बिश्वास दिलाएका थिए । बिगतको लामो अनुभव सुनाउदै गैरेले अब दूतावासले परम्परागत ढङ्गबाट चलिरहेको निरन्तरता भन्दा अलिक माथी उठेर कतार र नेपाल बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउदै नेपालको समृद्धिका लागि अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । स्वागतकै क्रममा सल्लाहकार परिषदका अध्यक्ष नरेश श्रेष्ठले कतारमा बिगतमा छोटे राजदुत बनेर दूतावासको गरिमालाई कमजोर बनाउने जुन हर्कत थियो त्यसबाट बच्न सुझाव दिएका थिए ।भेटघाटमा नबनियुक्त राजदुत ढकालले कतारमा हाल रहनु भएका नेपाली बिचमा म एकजना थपिएको छु म पनि कतारमा रहनु भएका नेपालिहरु बिचको एक सदस्य हु फरक यति मात्र हो केबल मेरो दस्तखत चल्छ बाकी हामी सबै समान छौ । तपाईं हाम्रो पारस्परिक सम्बन्ध रहनु पर्दछ त्यस्का लागि म सदैब तत्पर छु राजदुत ढकालले भन्नू भयो । नबनियुक्त राजदुत ढकालले आफू कुनै अमुख पार्टीको नभएको नेपाल सरकारको प्रतिनिधि भएको हुदा सबैका लागि समान रुपले काम गर्ने बताउनु भयो । भेटघाटको क्रममा मंचका सल्लाहकार परिषदका सदस्य एबम गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतारमा नेपालीहरुको समग्र अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।









