आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

नवनियुक्त नेपाली राजदूतलाई एनआरएनए एनसीसी कतारको स्वागत

शनिबार, असार २५ २०७९

दोहा । कतारका लागि नव नियुक्त नेपाली राजदूत महामहिम डा. नरेश बिक्रम ढकाललाई एनआरएनए एनसिसि कतारले स्वागत गरेको छ । नेपाल सरकार बाट कतारका लागि नव नियुक्त राजदुत महामहिम डा.ढकाललाई गैरआवासिय नेपाली संघ कतारका कार्यसमिति र कतारबाट आईसीसीमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरु द्वारा नेपाली दूतावासको सभाहलमा बिहीबार स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सहभागी गैरआवासिय नेपाली संघका अभियान्ताहरुले राजदूत डा. नरेश बिक्रम ढकाललाई कतारमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।


स्वागत तथा भेटघाट कार्यक्रममा गैरआवासिय नेपालि संघलाई धन्यवाद ब्यक्त गर्दै राजदूत डा. नरेश बिक्रम ढकालले आगमी दिनहरुमा कतारमा रहेका नेपालिहरुको लागि नियोगबाट प्रदान गरिने सेवा सुबिधाहरुमा थप सहजीकरण गर्दै अगाडि बढाईने र नेपाली समुदायको लागि गैरआवासिय नेपाली संघले गर्ने हरेक गतिविधिहरुमा नेपाली नियोगको साथ सहयोग सहित सहकार्य गर्ने बताउनुभयो ।

स्वागत तथा भेटघाट कार्यक्रमको ब्यवस्थापनमा सहजीकरण गरिदिने दूतावास परिवार र सहभागी गैरआवासिय नेपाली संघका अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषदका अभियान्ताहरुलाई एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले धन्यवाद तथा आभार प्रकट गर्नुभएको प्रवक्ता सन्तोष क्षेत्रीले जानकारि दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार