२०७५ चैत १९ मंगलबार / त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी औषधी र लत्ताकपडा बोकेर हावाहुरी प्रभावित जिल्ला बारा पुगेका छन् । हावाहुरीबाट घाइते भएकाहरुको उपचार गर्न केसी बाराको फेटा गाउँपालिकाको पुरनियाँ गाउँ पुगेका हुन् । केसी सोमबार रात्रीबस चढेर एक्लै बारा गएका हुन् ।