काठमाडौँ(जस)–कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याएको छ । नयाँ डिलर सञ्चालनमा आएसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि कजारियाका टायल उत्पादनहरू ग्राहकले थप सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन् । ग्राहकको बदलिँदो आवश्यकता र डिजाइन प्रवृत्तिलाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको ग्यालरीमा कजारियाका वाल तथा फ्लोर टायल्सका विभिन्न प्रिमियम सङ्कलन उपलब्ध हुनेछन् ।
ग्राहकले एउटै स्थानबाट विभिन्न डिजाइन, टेक्सचर, फिनिसिङ र साइजका टायल अवलोकन गरी आफ्नो आवश्यकता र परियोजनाअनुसार छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । नयाँ डिलरबाट घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनरलगायत निर्माण क्षेत्रसँग सम्बन्धित ग्राहक लाभान्वित हुने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार प्राधान हार्डवेयर ग्यालरीको सञ्चालनले नेपालका प्रमुख तथा उदीयमान बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने तथा ग्राहकको नजिक गुणस्तरीय टायल समाधान पु¥याउने अभियानलाई थप बल पुग्नेछ ।
उद्घाटन समारोहकै अवसरमा कजारिया रमेश टायल्सले प्राधान हार्डवेयर ग्यालरीलाई आधिकारिक डिलरको प्रमाणपत्रसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ । प्राधान हार्डवेयर ग्यालरीको औपचारिक उद्घाटन सोमबार भएको हो । उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल तथा मिस नेपाल वल्र्ड २०२६ दीपमाला ढकालको प्रमुख उपस्थिति थियो । कार्यक्रममा कम्पनी तथा ग्यालरीका प्रतिनिधिसहित निर्माण र इन्टेरियर क्षेत्रका व्यवसायी तथा स्थानीयको सहभागिता रहेको थियो ।
कजारिया रमेश टायल्सका अनुसार कम्पनीले उन्नत प्रविधि तथा विश्वस्तरीय मापदण्डअनुसार नेपालमा ठूलो टायल उत्पादन उद्योग स्थापना गरेको छ । कम्पनीले सुपरब्राण्ड २०२५, ‘एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ लगायतका मान्यता प्राप्त गरेको जनाएको छ । साथै, आईएसओ ९००१ः२०१५ र आईएसओ १४००१ः२०१५ प्रमाणपत्र तथा इन्डियन ग्रीन बिल्डिङ काउन्सिलको सदस्यता रहेको कम्पनीले जनाएको छ । कजारिया रमेश टायल्सले एनएस क्वालिटी अवार्ड २०२६ समेत प्राप्त गरेको उल्लेख गरेको छ । कम्पनीका अनुसार कजारियाका ३ हजारभन्दा बढी आधुनिक डिजाइन विकल्प उपलब्ध छन् । यसको उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स, सेरामिक वाल टायल्स र हेभी ड्युटी भिट्रिफाइड टायल्स रहेका छन् । नेपालभर १०० भन्दा बढी शोरुममार्फत सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।