बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

सिद्धार्थ बैंकले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा

मंगलबार, असोज ६ २०८३

काठमाडौँ(जस)–सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । बैंकले असोज २८ गते आर्मी अफिसर्स क्लब, काठमाडौंमा २५ औँ वार्षिक साधारण सभा डाकेको हो । सो सभा बिहान ९ बजे शुरु हुनेछ । सभामा बैंकले १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । त्यस्तै, अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पेश हुनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार