आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

रसुवा बाढी प्रभावितका लागि निगमद्वारा ९८ लाख ३५ हजार सहयोग

आइतबार, असोज ४ २०८३

काठमाडौँ । नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९८ लाख ३५ हजार ९७६ रुपैयाँ ६७ पैसा सहयोग गरेको छ । भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।

उक्त रकम निगममा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबबाट कट्टा गरी सङ्कलन गरिएको निगमले जनाएको छ ।

निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको समुपस्थितिमा उक्त रकम बराबरको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)लाई हस्तान्तरण गरेका हुन् ।

निगमले रसुवामा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीहरूको तलबबाट रकम सङ्कलन गरी कोषमा हस्तान्तरण गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार