काठमाडौं । राष्ट्रसंघीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान परेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागिता जनाउन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार न्युयोर्क बसाइका क्रममा मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गतका विभिन्न बैठक तथा मन्त्रिस्तरीय भेलाहरूमा सहभागिता जनाउनेछन्। त्यसैगरी, उनले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
यसैबीच, महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह असोज ६ गते अमेरिका प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री शाहको नेतृत्वमा रहने १४ सदस्यीय प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट सहभागिता जनाउनेछ।