बुधबार, साउन २७ २०८३

बुधबार, साउन २७ २०८३

हङ्ची ब्रान्डको गाडी नेपालमा सार्वजनिक

बुधबार, साउन २७ २०८३

काठमाडौं(जस)–चिनियाँ प्रिमियम सवारीसाधन ब्रान्ड हङ्चीको नयाँ विद्युतीय एसयूभी ईएचएस४ नेपालमा सार्वजनिक भएको छ । चिनियाँ राष्ट्रपति तथा उच्च सरकारी अधिकारीहरूको आधिकारिक सवारीमा समेत हङ्चीका विभिन्न मोडल प्रयोग हुँदै आएका छन ्। ईएचएस४ मा ६७.३ किलोवाट आवरको ब्याट्री र १६० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ । मोटरले अधिकतम २४० न्युटन मिटर टर्क उत्पादन गर्छ ।
यसले एकपटक पूर्ण चार्जमा ४६० किलोमिटरसम्मको दूरी तय गर्न सक्ने कम्पनीले जनाएको छ । तीव्र चार्जिङ प्रविधिबाट ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २० मिनेट लाग्ने बताइएको छ । सुरक्षातर्फ ईएचएस४ मा विद्युतीय स्थिरता नियन्त्रण, एन्टिलक ब्रेकिङ प्रणाली, ट्र्याक्सन नियन्त्रण, हिल होल्ड नियन्त्रण र हिल डिसेन्ट नियन्त्रणजस्ता सुविधा छन् । त्यस्तै, गाडीमा अनुकूली क्रुज नियन्त्रण, लेनबाट बाहिरिँदा चेतावनी दिने प्रणाली, ३६० डिग्री क्यामेरा उपलब्ध छन्।चालकको अवस्था निगरानी गर्ने प्रणाली र जीवन पहिचान रडारसमेत राखिएको छ । नाइमा एक्स्पोमा सार्वजनिक गरिएको गाडीको मूल्य ५९ लाख ९९ हजार राखिएको छ । नाइमा अफरमा ५७ लाख ९९ हजारमै पाइने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार