बिहिबार, साउन २८ २०८३

बिहिबार, साउन २८ २०८३

भारतीय कम्पनी रिभर मोबिलिटी नेपालमा प्रवेश

बुधबार, साउन २७ २०८३

नाइमा एक्स्पोमा विद्युतीय स्कुटर ‘इन्डी’ सार्वजनिक
काठमाडौं । भारतको प्रसिद्ध विद्युतीय स्कुटर निर्माता कम्पनी ‘रिभर मोबिलिटी’ आफ्नो आधिकारिक वितरक ‘विशाल ग्रुप’सँगको सहकार्यमा नेपालमा प्रवेश गरेको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा एक्स्पो २०२६’ मा आफ्नो फ्ल्यागशिप विद्युतीय स्कुटर ‘इन्डी’ सार्वजनिक गरेको हो । ६ दिनसम्म चल्ने यो अटोमोबाइल प्रदर्शनी आगामी साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा पुग्ने अवलोकनकर्ताहरूले हल बीको स्टल एल ३ एमा पुगेर ‘इन्डी’ स्कुटर अवलोकन गर्न र प्रि(बुकिङ गर्न सक्नेछन् ।
सहकार्यमार्फत रिभर मोबिलिटीले नेपालमा आफ्नो दीर्घकालीन व्यापार विस्तारको आधार तयार पारेको छ । विशाल ग्रुपको अटोमोबाइल क्षेत्रमा ८० वर्षभन्दा बढीको लामो अनुभव र ३५ भन्दा बढी सहरहरूमा फैलिएको बलियो सञ्जालले नेपालमा रिभरको खुद्रा बिक्री र बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउने कम्पनीको विश्ववास छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको प्रदर्शनी नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनी हो, जसले प्रमुख अटोमोबाइल ब्रान्डहरूलाई एकै मञ्चमा ल्याएको छ ।
रिभर मोबिलिटीका सह(संस्थापक तथा मुख्य कार्यकारी अधिकृत अरविन्द मणिले भने, ‘नाइमा एक्स्पो २०२६ मा रिभर इन्डीलाई नेपाली बजारमा भित्र्याउन पाउनु हाम्रो लागि एक महत्वपूर्ण कोसेढुंगा हो । विशाल ग्रुपको बलियो वितरण सञ्जाल र अटोमोबाइल अनुभवले हामीलाई यो यात्रा सुरु गर्न सही आधार दिएको छ । भारतमा अत्यधिक रुचाइएको इन्डी स्कुटरले नेपाली राइडर्सहरूको पनि मन जित्ने हामीलाई पूर्ण विश्वास छ ।’ त्यस्तै, विशाल ग्रुपका डायरेक्टर निकुञ्ज अग्रवालले भने, ‘हामी रिसँग साझेदारी गर्न र इन्डी स्कुटरलाई नेपाली बजारमा ल्याउन पाउँदा अत्यन्तै खुसी छौं। रिभरको उपयोगिता, टिकाउपन र उत्कृष्ट डिजाइन नेपाली प्रयोगकर्ताहरूको आवश्यकतासँग ठ्याक्कै मेल खान्छ । हाम्रो बलियो राष्ट्रिय सञ्जाल र ग्राहक सेवाप्रतिको प्रतिबद्धतामार्फत हामी नेपालभरका ग्राहकहरूलाई असाधारण अनुभव प्रदान गर्नेछौं ।’
सन् २०२३ मा पहिलो पटक बजारमा ल्याइएको रिभर इन्डीलाई विशेष गरी दैनिक प्रयोगका लागि प्रयोगात्मक, टिकाउ र लाइफस्टाइल उपयोगितालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । नाइमा एक्स्पोमा प्रदर्शन गर्नुअघि यो स्कुटरले काठमाडौंका विभिन्न कठिन उकालो बाटोहरू जस्तै ‘ह्वाइट गुम्पा’लगायत क्षेत्रमा वास्तविक सडक परीक्षण पार गरिसकेको छ, जसले यसलाई नेपाली भूभागका लागि उपयुक्त प्रमाणित गरेको छ । ‘रिभर इन्डी’ले आफ्नो उत्कृष्ट डिजाइन र अत्याधुनिक विशेषताहरूका कारण छोटो समयमै उपभोक्ताहरूको ध्यान खिच्न सफल भएको छ । दैनिक प्रयोगलाई सहज, प्रयोगात्मक र टिकाउ बनाउने उद्देश्यले निर्माण गरिएको यो स्कुटरले नेपाली सडकको भौगोलिक बनावट र यहाँका राइडर्सहरूको आवश्यकतालाई पूर्ण रूपमा समेटेको कम्पनीले जनाएको छ । प्रतिष्ठित ‘रेड डट डिजाइन कन्सेप्ट अवार्ड २०२४’ र ‘रेड डट प्रोडक्ट डिजाइन अवार्ड २०२५’ दुवै जितेर इतिहास रचेको एकमात्र भारतीय दुई(पाङ्ग्रे वाहन हो ।
नेपाली सडकका खाडल र अप्ठ्यारा बाटोहरूलाई सहजै पार गर्न यसमा १७७ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स र १४ इन्चका ठूला चक्काहरू उपलब्ध गराइएको छ । यसमा शक्तिशाली ४ किलोवाटको ब्याट्री प्याक जडान गरिएको छ, जसले एक पटकको पूरा चार्जमा ‘आईडीसी प्रमाणित’ १६० किलोमिटरसम्मको लामो रेन्ज प्रदान गर्छ । यो स्कुटरले प्रतिघण्टा ९० किलोमिटरको अधिकतम गति लिन सक्छ भने १८ डिग्रीसम्मको ठाडो उकालोलाई समेत सहजै पार गर्न सक्ने यसको क्षमता रहेको छ । यो स्कुटरमा कुल ५५ लिटरको सुरक्षित तथा लक गर्न मिल्ने विशाल स्टोरेज स्पेस दिइएको छ, जसमा सिटमुनि ४३ लिटरको फराकिलो ठाउँ र अगाडि १२ लिटरको उपयोगी ग्लोभबक्स समावेश छ ।
चालकको सुविधाका लागि यसमा फ्रन्ट राइडर फुटपेग्स, भारी सामानहरू सुरक्षित रूपमा बोक्न ‘लक एन्ड लोड प्यानियर माउन्ट्स’ तथा चालकको आवश्यकता अनुसार प्रयोग गर्न इको, राइड र रश गरी तीनवटा फरक ड्राइभिङ मोडहरू उपलब्ध गराइएका छन् । कम्पनीले स्कुटरमा ८ वर्षसम्मको भरपर्दो वारेन्टी प्रदान गरेको छ । साथै, यो स्कुटर विन्टर ह्वाइट, स्टोर्म ग्रे, मनसुन ब्लू, समर रेड र स्प्रिङ येलो गरी ५ वटा आकर्षक रङहरूमा बजारमा उपलब्ध छ । दैनिक उपयोगिता र उच्च कार्यसम्पादनको बेजोड मिश्रण रहेको यो विद्युतीय इन्डी स्कुटरले नेपालको अटोमोबाइल बजारमा नयाँ बेन्चमार्क स्थापित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार