शुक्रबार, साउन २९ २०८३

शुक्रबार, साउन २९ २०८३

नाइमा एक्स्पोको अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

बिहिबार, साउन २८ २०८३

काठमाडौं(जस)–नाइमाद्वारा आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बैंकिङ पार्टनरका रुपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागि ०.५ प्रतिशत सेवा शुल्क तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने अफर ल्याएको छ ।
उक्त विशेष योजना २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म ९११–१६ अगस्ट २०२६० आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर लागू हुनेछ । सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन् । यस योजनामार्फत ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै आफ्नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार