शुक्रबार, साउन २९ २०८३

शुक्रबार, साउन २९ २०८३

काँग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज, देउवाले उद्घाटन गर्ने

शुक्रबार, साउन २९ २०८३

काठमाडौँ। नेपाली काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे हुने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन् । इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन् । उनलाई काँग्रेस नेता–कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए । उनले नै भेला उद्घाटन गर्ने छन् ।

संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ ।

आज पहिलो दिनको उद्घाटन समारोहमा देउवालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता मीन विश्वकर्माले बताए । भोलि र पर्सि बन्दसत्र छ । भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार