बिहिबार, साउन २८ २०८३

बिहिबार, साउन २८ २०८३

सर्वोत्तम सिमेन्टको नाफा एक अर्ब १० करोड

बिहिबार, साउन २८ २०८३

काठमाडौं(जस)–सर्वोत्तम सिमेन्टको नाफा र व्यावसायिक आम्दानी दुवैमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वोत्तम सिमेन्टले १ अर्ब १० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ७.६८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १ अर्ब २ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवमा कम्पनीको बिक्री आम्दानी (व्यापार) बढेको छ । अघिल्लो वर्ष ९ अर्ब ५४ करोड रुपैयाँ रहेको बिक्री आम्दानी यस वर्ष बढेर १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको आम्दानी बढे पनि सेलिङ तथा डिस्ट्रिब्युसन खर्च बढेको छ । उक्त खर्च ३३ करोड ९६ लाख रुपैयाँबाट बढेर ६५ करोड ६५ लाख रुपैयाँ पुगेको छ । तर, वित्तीय लागत भने २९ करोड ६३ लाख रुपैयाँबाट घटेर २४ करोड २४ लाख रुपैयाँमा झरेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी २१.२० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९.८९ रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ५ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कम्पनीको जगेडा कोषमा ४ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ छ । कम्पनीको उत्पादन लागत ७ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । प्रशासनिक खर्च र वित्तीय खर्चमा पनि केही वृद्धि भएको विवरणले देखाउँछ । कम्पनीका अनुसार विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र कच्चा पदार्थको ढुवानी लागत बढ्दा उत्पादन लागतमा दबाब परेको छ । कम्पनीले आफ्नो उत्पादन क्षमताको अधिकतम उपयोग गर्दै लागत घटाउने र बजार विस्तार गर्ने रणनीति लिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार