काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन । प्रहरीले उनलाई बुधबार ललितपुरको बागडोलबाट नियन्त्रणमा लिएको हो । प्रहरी उच्च स्रोतका अनुसार श्रेष्ठलाई पक्राउ गरिएको पुष्टि भए पनि उनलाई कुन कसुर वा घटनाको अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले औपचारिक रूपमा केही खुलाएको छैन ।