बुधबार, साउन २७ २०८३

बुधबार, साउन २७ २०८३

महिन्द्राको प्रिमियम इलेक्ट्रिक एसयूभी एक्सईभी नाइन एस नेपालमा सार्वजनिक

बुधबार, साउन २७ २०८३

काठमाडौं(जस)–महिन्द्राले आफ्नो प्रिमियम इलेक्ट्रिक ‘एसयूभी एक्सईभी नाइन एस’ नेपालमा सार्वजनिक गरेको छ । नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा महिन्द्राले नयाँ विद्युतीय एसयूभी नेपाली बजारमा उतारेको हो । यसको भेरियन्टअनुसार सुरुवाती मूल्य ६० लाख रुपैयाँ राखिएको छ । भेरियन्टअनुसार अन्य मूल्य निर्धारण गरिएको छ । एक्सईभी ९एस महिन्द्राको नयाँ पुस्ताको इलेक्ट्रिक एसयूभी हो । ठूलो आकार, आधुनिक डिजाइन, प्रिमियम इन्टेरियर र अत्याधुनिक प्रविधिका कारण यो मोडल महिन्द्राको इलेक्ट्रिक पोर्टफोलियोमा महत्त्वपूर्ण उत्पादनका रूपमा हेरिएको छ ।
महिन्द्राले एक्सईभी ९एसलाई विशेषगरी प्रिमियम एसयूभी सेग्मेन्टलाई लक्षित गरेर विकास गरेको हो । यसमा ठूलो ब्याट्री प्याक, लामो रेन्ज, फास्ट चार्जिङ तथा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) लगायतका प्रविधि उपलब्ध छन् । यसमा ५९ र ७९ किलोवाट आवर क्षमताका ब्याट्री विकल्प छन् । मोटर पावर १७० र २१० किलोवाट क्षमताको छ । पूर्ण चार्जमा क्रमशः ३५० र ४५० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यो रियर ह्वील ड्राइभ पावरट्रेनमा उपलब्ध छ । यसमा पाँचवटा ड्राइभिङ मोड रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार