शनिबार, साउन २३ २०८३

शनिबार, साउन २३ २०८३

एनआरएनए एशिया सम्मेलनको तयारी ग्वाङ्झाउमा तीव्र,राजनीतिक नेतृत्वदेखि व्यवसायीको जमघट

चीनको ग्वाङ्झाउमा कुन कुन नेता सहभागी हुदैछन ?

शनिबार, साउन २३ २०८३

काठमाडौ, गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय सम्मेलनलाई प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यसहित तयारी तीव्र पारिएको छ। एनआरएनए एशिया क्षेत्रीय संयोजक दीपक कँडेलको नेतृत्वमा आगामी अगस्ट १५ र १६ तारिख चीनको ग्वाङ्झाउमा आयोजना हुने सम्मेलनमा नेपालका राजनीतिक नेतृत्व, सांसद, पूर्वसांसद, व्यवसायी, विज्ञ तथा विभिन्न क्षेत्रमा सक्रिय गैरआवासीय नेपालीहरूको उल्लेखनीय सहभागिता हुने भएको छ।

सम्मेलनमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ। राजनीतिक नेतृत्वको उच्चस्तरीय सहभागिताले सम्मेलनलाई थप महत्व दिएको आयोजकहरूको भनाइ छ।

संयोजक कँडेलका अनुसार सम्मेलनलाई विगतका क्षेत्रीय सम्मेलनको निरन्तरताका रूपमा मात्र नभई नेपाल र प्रवासी नेपालीबीच आर्थिक, सामाजिक तथा नीतिगत साझेदारी विस्तार गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकास गर्ने तयारी गरिएको छ। सम्मेलनमा गैरआवासीय नेपालीका समस्या, सम्भावना र अधिकारसँगै नेपालको आर्थिक विकासमा प्रवासी नेपालीले गर्न सक्ने योगदानबारे ठोस छलफल गरिनेछ।

कँडेलले एशिया क्षेत्रमा रहेका नेपाली समुदायको ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकाससँग जोड्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छन्। विशेषगरी नेपालमा वैदेशिक लगानी भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने, उद्यमशीलता विकास गर्ने तथा नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत तहमा आवश्यक पहल गर्ने विषयलाई सम्मेलनमा प्राथमिकताका साथ उठाइनेछ।

राजनीतिक नेतृत्वको उल्लेखनीय सहभागिता

ग्वाङ्झाउ सम्मेलनमा संघीय संसदका सदस्यहरू मनिष झा, जगदीश खरेल, ऐनबहादुर महार, युवराज दुलाल, क्षितिज थेबे, खुश्बु ओली, एरेन राई र खगेन्द्र सुनार सहभागी हुनेछन्। त्यस्तै, पूर्वसांसद सूर्य पाठक तथा अरुणकुमार सुवेदी लगायत दर्जनौ मिडियाकर्मीको
सहभागिता रहनेछ।

राजनीतिक नेतृत्व तथा नीति निर्माताको सहभागिताले प्रवासी नेपालीका सवाललाई प्रत्यक्ष रूपमा नेपालका नीति निर्माण तहसम्म पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्मेलनमा सहभागी राजनीतिक प्रतिनिधिसँग गैरआवासीय नेपालीहरूले नेपालमा लगानी, पर्यटन, रोजगारी, उद्यमशीलता, नागरिकता तथा प्रवासी नेपालीसँग सम्बन्धित विभिन्न नीतिगत विषयमा प्रत्यक्ष संवाद गर्ने अवसर पाउनेछन्।

 

सम्मेलनमा नेपालको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राखिने भएको छ। विभिन्न विषयगत सत्रमार्फत नेपालमा लगानीको सम्भावना, वैदेशिक लगानी आकर्षण, पर्यटन प्रवर्द्धन, लगानीमैत्री नीति, नीति सुधार, आर्थिक कूटनीति तथा गैरआवासीय नेपालीको भूमिका लगायतका विषयमा गहन छलफल हुनेछ।

एशिया क्षेत्रमा नेपाली व्यवसायी तथा पेशाकर्मीको उपस्थिति उल्लेखनीय रहेको अवस्थामा उनीहरूको अनुभव र लगानीलाई नेपालको विकास प्रक्रियासँग जोड्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

नेपालमा लगानी गर्न चाहने प्रवासी नेपालीका लागि देखिएका कानुनी तथा प्रशासनिक जटिलता, लगानीको वातावरण, सरकारी नीतिको स्थिरता तथा लगानी सुरक्षाका विषयमा पनि सम्मेलनमा छलफल हुने बताइएको छ।

त्यस्तै, नेपालमा पर्यटनको सम्भावना अझै व्यापक रहेकाले एशियाली मुलुकमा रहेका नेपाली समुदायलाई नेपालको पर्यटन प्रवर्द्धनको प्रभावकारी साझेदार बनाउने विषयमा समेत छलफल केन्द्रित हुने भएको छ।

कँडेलको नेतृत्वमा परिणाममुखी सम्मेलनको लक्ष्य

एनआरएनए एशिया क्षेत्रीय संयोजकका रूपमा कँडेलले सम्मेलनलाई बढी परिणाममुखी, सहभागितामूलक र नेपाल केन्द्रित बनाउने प्रयास गरिरहेका छन्। उनका अनुसार क्षेत्रीय सम्मेलनको वास्तविक उपलब्धि केवल कार्यक्रम सम्पन्न गर्नु नभई सम्मेलनबाट उठेका विषयलाई व्यवहारमा कार्यान्वयनतर्फ लैजान सक्नु हो।

यसका लागि सम्मेलनमा उठ्ने महत्वपूर्ण विषयलाई निष्कर्षसहित सम्बन्धित निकायसम्म पुर्‍याउने तथा नेपालमा लगानी, पर्यटन र आर्थिक सहकार्यका लागि सम्भावित साझेदारीको आधार तयार गर्ने तयारी गरिएको छ।

एशिया क्षेत्र नेपालीहरूको ठूलो उपस्थिति रहेको क्षेत्र पनि हो। चीन, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, हङकङ, मकाउलगायतका मुलुकमा नेपाली समुदाय व्यवसाय, रोजगारी, शिक्षा तथा विभिन्न पेशामा सक्रिय छन्। यी समुदायबीचको अनुभव, स्रोत र सम्भावनालाई एकीकृत गर्दै नेपालसँग जोड्ने उद्देश्य सम्मेलनको महत्वपूर्ण पक्षका रूपमा रहनेछ।

 

एनआरएनएको क्षेत्रीय सम्मेलनले विश्वभर रहेका नेपालीलाई एउटै मञ्चमा जोड्ने मात्र नभई उनीहरूको ज्ञान, सीप, प्रविधि, पूँजी र अनुभवलाई नेपालको समृद्धिसँग जोड्ने अवसर प्रदान गर्दै आएको छ।

ग्वाङ्झाउमा हुने सम्मेलनले पनि एशिया क्षेत्रमा रहेका नेपालीबीच आपसी सहकार्य र नेटवर्क विस्तारसँगै नेपालमा लगानी तथा आर्थिक गतिविधि बढाउने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

विशेषगरी राजनीतिक नेतृत्व, नीति निर्माता, व्यवसायी र गैरआवासीय नेपालीबीच हुने प्रत्यक्ष संवादले प्रवासी नेपालीका मुद्दालाई थप प्रभावकारी ढंगले सम्बोधन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

कँडेलको नेतृत्वमा भइरहेको तयारीले सम्मेलनलाई केवल औपचारिक कार्यक्रमभन्दा माथि उठाएर नेपालको आर्थिक विकास र प्रवासी नेपालीको सहभागिताबीच पुल निर्माण गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
अगस्ट १५ र १६ मा ग्वाङ्झाउमा हुने सम्मेलनमा हुने छलफल, संवाद र सहकार्यले आगामी दिनमा नेपालमा लगानी विस्तार, पर्यटन प्रवर्द्धन तथा प्रवासी नेपालीको भूमिका थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ। यस अर्थमा ग्वाङ्झाउ सम्मेलनलाई एशिया क्षेत्रमा रहेका नेपालीहरूको सामूहिक शक्ति र सम्भावनालाई नेपालको समृद्धिसँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट