आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने

बुधबार, असोज १५ २०८२

काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैँका अवसरमा यसवर्ष टीका नलगाउने बताउनुभएको छ ।

बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उहाँले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार