सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३

झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै

बिहिबार, भाद्र २६ २०८२

काठमाण्डौ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ । कीर्तिपुरमा रहेको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार भइरहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

चित्रकारको सघन उपचार कक्ष ९आइसियू०मा उपचार भइरहेको छ । उपचारमा संलग्न डा. निजिना ताम्राकारले उहाँको फोक्सोमा धुवाँ भरिएको बताउनुभयो । अवस्था अलि गम्भीर नै भएपनि सुधार भइरहेको उहाँको भनाइ छ ।

अस्ति मङ्गलवार भएको प्रदर्शनका क्रममा पूर्वप्रधानमन्त्री खनालको डल्लुमा रहेको घरमा प्रदर्शनकारीले आगो लगाएका थिए । आगो लागेपछि घरबाट निस्कने क्रममा उहाँको शरीर जलेको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार