आइतबार, साउन २४ २०८३

आइतबार, साउन २४ २०८३

गैरआवासीय नेपालीहरुले गरे टाइगर प्यालेस रिसोर्टको स्वामित्व खरिद गरेको घोषणा, सबै पक्षबाट सहयोगको लागि आग्रह (भिडियोसहित)

बुधबार, साउन ३१ २०८०

काठमाडौं । भैरहवामा रहेको टाइगर प्यालेस पाँचतारे रिसोर्ट गैर आवासीय नेपालीहरुले खरिद गरेका छन । अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु संचालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी,युकेमा होलीकाउ लगाएत संचालन गरिरहेका एनआरएनए अध्यक्ष कुल आचार्य,महासचिव केशव पौडेल,एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायत एनआरएनएको समुहले उक्त रिसोर्ट खरिद गरेको हो ।
सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता रहेको कम्पनी हो । सुवेदीसहितको एनआरएनए समूहले सिल्भर हेरिटेजको शेयर विदेशमै खरिद गरेपछि रिसोर्टको स्वामित्व हिमालयन टाइगर कम्पनीमा सरेको त छ तर केही विवादहरु सिर्जना भएको छ ।
उक्त विवाद र हल्लापछि कम्पनीले बुधवार पत्रकार सम्मेलन नै गरेर आफ्नो भनाई सार्वजनिक गरेको छ । विदेशमा शेयर खरिद बिक्री गरिएपनि टाइगर प्यालेस रिसोर्ट खरिदबापत सरकारलाई लाग्ने सम्पुर्ण करहरु तिर्न तयार रहेको अध्यक्ष बुद्धिसागर सुवेदीले उक्त पत्रकार सम्मेलनमा जानकारी दिएका छन । गैरआवासीय नेपाली सुवेदी सहितको टिमले रिसोर्ट विदेशमै खरिद गरेपछि त्यसबापत तिर्नुपर्ने कर सरकारलाई नदिएको भन्ने आरोप लागीरहेको बेला उनले बुधबार पत्रकार सम्मेलन गरेर कर तिर्न कुनै कसुर बाँकी नराख्ने बताए ।
टाइगर प्यालेस रिसोर्टका अध्यक्ष सुवेदीले  कानुनमा उल्लेख भएका सम्पूर्ण दायित्वहरु बहन गर्नका लागि आफू र आफ्नो टिम तयार भएको जानकारी गराए । उनले उक्त जानकारी कर कार्यालयलाई दिइसकेको पनि बताए । ‘हामी नेपालमा नाफा कमाउन मात्रै आएका हैनौ ,देशप्रतिको दायित्व पुरा गर्न र देशको मायाका कारण आएका हौ अध्यक्ष सुवेदीले दावी गरे ।
अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैया लगानी गरेको थियो । कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन । करोडौ रुपैयाँ घाटा व्यहोर्दै आएको रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा सँयौ नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व गुम्दै आएको थियो । रिसोर्टले नेपालका बैंकहरुलाई तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन । उक्त रिसोर्टको बैकको ऋणमात्रै साढे २ अर्ब रुपैयाँ रहेको छ ।
प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमासमेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि हामी विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै सेयरहरु खरिद गरेको सञ्चालक दिपक गौतमले बताए ।
सिल्भर हेरिटेजले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरेको र गैरआवासीय नेपालीहरुले अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन कम्पनीको सबै सेयर खरिद गरेको गौतमले बताए । सोहीअनुसार टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्टमा हस्तान्तरण हुन आएको छ ।
गौतमले अवसरका लागि विदेशिएका आफुहरुले आफ्नो जन्मभूमीप्रतिको दायित्व बोध गरी बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेको बताए ।
‘सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने नीति लिएको भए पनि अपेक्षित विदेशी लगानी आउन नसकेको अवस्थामा हामीले विदेशमा दुःख गरेर कमाएको रकमलाई मातृभूमिमा लगानी गरी पर्यटन उद्योगमार्फत देश विकासमा टेवा पुर्याउने प्रयत्न गरेको संचालक गौतमले बटाए । पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठुला लगानीका पर्यटन उद्योगहरु धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र पर्यटन क्षेत्र र लगानीकर्ताका लागि सुखद नभएको गौतमको भनाई रहेको छ । नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योगको भूमिका भएकोले केही गैरआवासीय नेपालीहरुले यो रिसोर्टमार्फत पर्यटन क्षेत्रको विकासमा एउटा ईंटा थपेको जनाऊदै गौतमले
बन्द हुनै लागेको रिसोर्ट सञ्चालन भई नेपालमा रोजगारी सृजना गर्न तथा पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्न टाइगर प्यालेस रिसोर्टमा लगानी गरेको बताए ।
रिसोर्टको लगानीकर्ता अष्ट्रेलियन कम्पनी आफैँ आर्थिकरूपमा धरासाही ऋण लगानीकर्ताले रिसभरहरु नियुक्त गरेको थियो। कम्पनीको नेपालमा भएको सबै लगानी नोक्सानीमा गएका कारण टाइगर प्यालेस रिसोर्ट पनि बन्द हुने अवस्थामा रहेको थियो । बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा अष्ट्रेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १ करोड ५० लाख अमेरिकी डलरमा कारोबार भएको सो अवसरमा जानकारी गराइयो ।
अमेरिकामा खडा गरिएको लगानी कम्पनीमार्फत अष्ट्रेलियन कम्पनीको सेयर खरिद गरेको भए पनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सृजना भएमा प्रचलित कानून बमोजिम लाग्न सक्ने कर राजस्वको दायित्व कानुनले दिएको म्यादभित्र बुझाउनेसमेत अध्यक्ष सुवेदीले प्रतिबद्धता जनाएका छन ।
उनले आफुहरुले नेपाल सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेको जनाउदै उक्त रिसोर्टको लागत अर्बौ पुग्ने आफुहरुले जतिसक्दो छिटो संचालन गर्ने बताए । हिमालयन टाइगरका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष
सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु र अन्य विभिन्न कम्पनीहरु सञ्चालन गरिरहेका छन । यो खरिद–बिक्री नेपालमा भएका ठूला किनबेचमध्येपè एक रहेको छ । विदेशी लगानी हुने गरी उक्त होटलको सेयर खरिद–बिक्री भएको हो ।

प्रेस नोट

तिलोत्तमा नगरपालिका, भैरहवा, रुपन्देहीमा रहेको टाइगर प्यालेस रिसोर्टलाई अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले सेयर लगानी गरी सञ्चालन गर्दै आएको थियो । सो अष्ट्रेलियन कम्पनीले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको थियो । रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिब एक हजार जना नेपालीले प्रत्यक्ष रोजगारी पाएका थिए र यसले नेपाल सरकारलाई करोडौं रुपैयाँ राजस्व समेत तिर्दै आएको थियो ।

कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विबादको कारण केही वर्षदेखि रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन र यो रिसोर्टले करोडौं रुपैयाँ घाटा व्यहोर्दै आएको थियो । रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व पनि गुम्दै गएको थियो । रिसोर्टले नेपालका बैंकलाई तिर्नु पर्ने साँवा, ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट परियोजना बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाए पछि हामी विदेशमा बस्ने केही गैर आवासीय नेपालीहरुले अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सवै शेयरहरु खरिद गरेका छौं । सिल्भर हेरिटेज गु्रपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरेको र हामी गैरआवासीय नेपालीहरुले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंक मार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको अष्ट्र्ेलियन कम्पनीको सवै शेयर खरिद गरेको हुंदा टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमा हस्तान्तरण हुन आएको छ । अव नयाँ व्यवस्थापन सहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेको कुरा यहाँहरु माझ जानकारी गराउन पाउँदा हामी गौरवान्वित भएका छौं ।

जननी जन्मभूमिस्च स्वर्गादपी गरियसीको मर्मलाई आत्मसात गर्दै अवसरका लागि विदेशीएका हामी नेपालीले आफ्नो जन्मभूमीप्रतिको दायित्व बोध गरी यो बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका हौं । नेपाल सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने नीति लिएको भए पनि अपेक्षित विदेशी लगानी आउन नसकेको अवस्थामा हामीले विदेशमा दुख गरेर कमाएको आर्जनलाई मातृभूमिमा लगानी गरी पर्यटन उद्योग मार्फत देश विकासमा टेवा पुर्याउने प्रयत्न गरेका छौं ।

पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठुला लगानीका पर्यटन उद्योगहरु धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागी सुखद होइन । नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योगको अहम् भूमिका भएकोले हामी केही गैरआवासीय नेपालीहरुले यो रिसोर्टमार्फत पर्यटन क्षेत्रको विकासमा एउटा ईंटा थप्न चाहेका छौं । हाम्रो सानो कोशिसले बन्द हुनै लागेको रिसोर्ट सञ्चालन भई नेपालमा रोजगारी सृजना गर्न तथा पर्यटन उद्योग मार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्ने कोशिषस्वरुप टाइगर प्यालेस रिसोर्टमा लगानी गरेका हौं । यसमा हाम्रो नाफा आर्जनको उद्देश्य भन्दा पनि आफ्नो जन्मभूमीप्रतिको दायित्व बोध बढी छ ।

रिसोर्टको लगानीकर्ता अष्ट्र्ेलियन कम्पनी आफैं आर्थिकरुपमा धरासाही ऋण लगानीकर्ताले रिसभरहरु नियुक्त गरेको थियो । सो कम्पनीको नेपालको सवै लगानी नोक्सानीमा गएका, टाइगर प्यालेस रिसोर्ट पनि बन्द हुने अवस्थामा पुगेको र बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा सो अष्ट्र्ेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १५ मिलियन अमेरिकी डलरमा कारोबार भएको हो । तर, रिसोर्टमा भएको बैंक ऋणको दायित्व लगायतका अन्य व्यवसायीक दायित्वहरु र हालसम्म भएको नोक्सानीको अवस्थालाई हेर्दा आर्थिक रुपमा जर्जर भएको रिसोर्टलाई सञ्चालन गर्नको लागि ठूलो रकम थप लगानी गर्नु पर्ने देखिएको छ । हामीले गरेको प्रारम्भिक अध्ययनबाट शेयर खरिद कारोबार रकम समेतलाई जोड्दा करिव ४ अर्व नेपाली रुपैयां खर्च गर्नुपर्ने जस्तो देखिएको छ ।

हामी विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अमेरिकामा खडा गरिएको लगानी कम्पनीमार्फत अष्ट्रेलियन कम्पनीको शेयर खरिद गरेको भएपनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सृजना भएमा प्रचलित कानून वमोजिम लाग्न सक्ने कर राजस्वको दायित्व कानूनले दिएको म्यादभित्र तिर्ने बुझाउने नै छौं ।

यो परियोजना सफल रुपमा सञ्चालन हुँदा गैरआवासीय नेपालीहरुमा लगानी गर्ने विश्वास पैदा हुने र प्रत्यक्ष बैदेशिक लगानीको वातावरण बन्ने समेत विश्वास लिएका छौं । टाइगर प्यालेस रिसोर्ट पूर्णरुपमा संचालन हुँदा एक हजार भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाउने, नेपाल सरकारले पाउने राजस्व वृद्धि हुनुको साथै पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक समुन्नतिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं । रिसोर्ट सञ्चालन गरेर मुलुकको पर्यटन उद्योगको विकासमा सघाउ पुर्याउन सरकार, निजी क्षेत्र, सञ्चारकर्मी, स्थानीय समुदाय लगायत सबै सरोकारवालाहरुबाट साथ, सहयोगको अपेक्षा गर्दछौं ।


दिपक दत्त गौतम                                                                                       वुद्धिसागर सुवेदी
संचालक                                                                                                         अध्यक्ष

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट