कतार । नेपाली महिला समाज दोहा,कतारले”नेपाली महिला समाजको चाहना,एकता र सहयोगको विशुद्ध सामाजिक भावना”भन्ने मुल नाराकासाथ यही आउँदो सन् २०२२ अगष्ट २६ तारिख शुक्रबारका दिन कतारस्थित ओसिस विच क्लबमा दिनको ठिक १२ बजे,१५९ वटा भन्दा बढि विभिन्न संघसंस्थाहरुको सहकार्य,सहयोगमा”रमाईलो तिज तथा सचेतना कार्यक्रम-२०२२”को आयोजना गरेको छ ।
नेपाली महिला समाज दोहा कतारकी अध्यक्ष सरिता भण्डारी पौंडेलले तेमालखबर अनलाइनसँगको संवादमा समाजको आयोजनामा विभिन्न संघसंस्थाहरुको सहयोगमा हुन लागेको उक्त कार्यक्रममा रेष्मी वि.क.,रेविका तामाङ,समृद्धि सापकोटा,शान्ति वलि,जिया हमाल,कुजल पन्थी,प्रज्ञा न्यौरे,सपना परियार,सृष्टि श्रेष्ठ,बर्बी खड्का,आरोही थापा,दिया सिंह,आरुषी रिजाल,सृष्टि लामा,गुना मगर”निशु”जस्ता कलाकारहरुको वेजोडपुर्ण प्रस्तुतिसमेत रहेको जनाएकी छिन् ।
नेपाली महिला समाज दोहा कतारले स्थापनाको १० औं वर्षदेखि विभिन्न सामाजिक,जनचेतनामूलक कार्यहरु गर्दै आई रहेको छ ।