आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

नेपाली जनप्रगतिशील मंच कतारको १६ औं स्थापना दिवस संपन्न, निर्वाचनमा पहिलो पार्टी बनाउन मध्यपुर्व संयोजक ओलिको निर्देशन

शनिबार, साउन २१ २०७९

काठमाडौं । नेपाली जनप्रगतिशिल मंच प्रवास समन्वय समिति मध्यपुर्वका संयोजक शनि कुमार ओलीको प्रमुख आतिथ्यतामा नेपाली जनप्रगतिशील मंच कतारको १६ औं स्थापना दिवस तथा शुभकामना कार्यक्रम संपन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता नेपाली जनप्रगतिशिल मंच कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले गरेका थिए । कार्यक्रमको बिशेष अतिथि प्रमुख सल्लाहकार एवं पुर्व अध्यक्ष रमेश भट्ट, मंचका अग्रज एवं सल्लाहकारहरु, पश्चिम एसिया सदस्य क्रमश जैबि राई , श्रीकृष्ण भट्टराई , सरिता भण्डारी पौडेल, कुमार खड्का, दिपक लामिछाने , अमित गौतम, सुरज बिक , रबिन मगर , सेवक बिक , सोम परियार , डिल्लीराम भट्टराई, नानु घले, पवन शर्मा, राजेन्द्र स्यापाङ्गलगाएतको उपस्तिथी रहेको थियो ।
कार्यक्रमको संचालन सचिब उत्तर बहादुर रोकाले गरेका थिए भने कार्यक्रममा आगन्तुक अतिथि एवं उपस्तिथत सम्पूर्णलाई बरिष्ठ उपाध्यक्ष राजेन्द्र देबकोटाले स्वागत मन्तब्य राखेका थिए ।

नेपाली राष्ट्रिय गान बजाएर सुरुवात गरेको सो कार्यक्रममा ज्ञात अज्ञात शहिदहरु प्रती दिप प्रज्वलन गरि एक मिनेट मौन धारण गरि सुरु गरिएको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि शनि कुमार ओलीले १६ औं स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षार्थ अब एक पटक पुन: सम्पूर्ण प्रबासमा रहेका पार्टी आवद्द साथीहरुले आसन्न निर्बाचनमा सके आफै उपस्थित हुने, यदि सम्भब भएन भने घर-परिवार, इस्टमित्र , छरछिमेक साथीभाई लाई कन्भिन्स गरेर आ-आफ्नो जिल्लामा जोडिएर , तेही केन्द्रित रहेर पार्टी लाई निर्वाचनमा पहिलो पार्टी बनाउन निर्देशन दिए ।
कार्यक्रममा बिशेष अतिथि,प्रमुख सल्लाहकार एवं पुर्व अध्यक्ष रमेश भट्टले मंचलाई अझै शसक्त संस्था बनाउदै अगाडी बढाउनुपर्ने जनाउदै पार्टीका सबैको ध्यान आगामी मंसिर ४ को निर्वाचनमा रहनुपर्ने बताए ।

प्रवासी नेपाली मजदुरहरुको गौरवमय ईतिहास बोकेको संगठन नेपाली जनप्रगतिशील मंच कतारको स्थापना दिवस, सन २००७ अगष्ट २ देखि आजको दिन सम्म आईपुग्दा बैचारिक र सांगठानिक रूपमा अनेकन आरोह अबरोह, चुनौती र अवसर हरु पार गर्दै / गराउँदै १६ बर्षे गौरवशाली संगठन निर्माण गर्न र निरन्तरता दिन अहोरात्र अनवरत खट्नुहुने सम्पूर्ण संस्थापकहरु, संरक्षकहरु, पुर्व सल्लाहकारहरु, पुर्व अध्यक्षहरु , स्थापनाकाल देखिका सम्पूर्ण अग्रजहरु, स्थापनाकाल देखिका सम्पूर्ण पुर्व कार्यसमितिका पदाधिकारीहरु, पार्टी सम्बद्द नेताहरुप्रति यस सुवर्ण दिनको अवसरमा असिम सम्झना र सम्मान गरिएको थियो ।
सम्पूर्ण प्रवासी नेपालीहरुको सुरक्षा, हकहितका निम्ति यस संगठनमा आबद्ध रहि बैचारिक र सांगठानिक कार्यक्षमता अग्रपंक्तिमा प्रस्तुत गर्दै आएका सम्पुर्ण मुक्तिगामी प्रगतिशीलहरुलाई थप उर्जा मिलोस स्थापना दिवसको हार्दिक शुभकामना व्यक्त गर्दै अध्यक्ष भण्डारीले कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार