काठमाडौं । एनसीसी कतारको परिषद भेलासंग जोडेर सामाजिक संजालमा देखिएको टिका टिप्पणीमा एनसीसी कतारको गम्भीर ध्यानाकर्षण भएको छ। संस्थाको बिधानको अधिनमा रहि संस्थाले दोश्रो परिषद (बार्षिक) भेला मिति २९ जुलाई २०२२ मा आयोजना गरेको जनाएको छ । भेला आयोजना हुनुपर्ने सबै प्रक्रिया पूरा गरि कार्यसमितिको विशेष बैठकले सर्बसम्मत पास गरि विभिन्न प्रतिबेदनहरुलाई भेलामा प्रस्तुत गर्यो र भेलाले सामान्य सुझाब सहित सम्पूर्ण प्रतिबेदन पारित गरेको एनसीसी कतारले जनाएको छ ।
विज्ञप्ति
मिति २९ जुलाई २०२२ मा सम्पन्न एनसीसी कतारको परिषद भेला संग जोडेर सामाजिक संजालमा देखिएको टिका टिप्पणीमा एनसीसी कतारको गम्भीर ध्यानाकर्षण भएको छ। संस्थाको बिधानको अधिनमा रहि संस्थाले दोश्रो परिषद (बार्षिक) भेला आयोजना गर्यो। भेला आयोजना हुनुपर्ने सबै प्रक्रिया पूरा गरि कार्यसमितिको विशेष बैठकले सर्बसम्मत पास गरि विभिन्न प्रतिबेदनहरुलाई भेलामा प्रस्तुत गर्यो र भेलाले सामान्य सुझाब सहित सम्पूर्ण प्रतिबेदन पारित गरेको थियो।
कार्यक्रम बिबिध कारणहरुले गर्दा पुर्णरुपमा भौतिक गर्न असहज भएकाले भर्चुअल र दोहामा स्थापित नेपाली संघ संस्थाहरु मध्येबाट सम्पुर्ण बैचारिक संस्थाहरु,राष्ट्रिय स्तरको प्रतिनिधित्व गर्ने जनजाती महासंघ, पत्रकार महासंघ, नेपालि महिला समाज र जिल्ला संस्थाहरुलाई अभिभावकको रुपमा समन्वय गरिरहेको प्रदेश समन्वय परिषदहरु, दोहामा रहनु हुने एनआरएनएका संस्थापक देखि पूर्व अध्यक्ष लगायत पूर्व पधाधिकारीहरु एवं अभियन्ताहरु आमन्त्रण गरिएको साथै हामि सबैको अभिभावक संस्था नेपाली नियोगको प्रमुख आतिथ्यतामा भेला सम्पन्न गरेको छ।
भर्चुअलमा जोडिनु भएका पंजीकृत सदस्यहरुलाई प्रतिबेदन माथि छलफल र जिज्ञासा राख्न पर्याप्त समय दिईएको थियो। तर सहभागीहरुमा केही ब्यक्तिहरुले प्रतिबेदन भन्दा बाहिरको विषयबस्तुलाई लिएर आफ्ना धारणा राख्दा समय लम्बिएकोमा आफ्नो भनाई छोट्याउन अनुरोध एवं ध्यानाकर्षण गरिएको थियो।
भर्चुअलमा सहभागी पंजीकृत सदस्यहरुलाई प्रस्तुत भैरहेको प्रतिबेदन सहजताको लागि एनसीसीको वेबसाईटमा राखिएको र भेलाले पारित गरेपछी पुन पारित प्रतिबेदन राखिने प्रष्ट रुपमा जानकारी गराईएको थियो। सो कुरालाई भर्चुअलमा सहभागी केहि प्रतिनिधिहरुले उपेक्षा गरिएको देखियो। एनसीसी कतारले यो एक बर्षमा गरेका २९ वटा महत्वपुर्ण कार्यक्रमहरु जुन अधिकतम नेपाली श्रमिकहरुको पक्षमा थिए, तिनिहरुलाई पुर्ण रुपमा उपेक्षा गरिएको देखियो।
जहाँ सम्म भर्चुअलमा कम उपस्थिति देखिएको अवस्थामा कार्यक्रम भौतिक रुपमा संचालन गरेको भए हुन्थ्यो भन्ने सुझाबलाई एनसीसी कतारले समिक्षा गर्ने नै छ, तथापि १० हजार भन्दा बढि पंजीकृत सदस्यहरु भएको संस्थाको कार्यक्रम गर्दा सबै पंजीकृत सदस्यहरु नआउला, हलको क्षमता अनुसारको मात्रै उपस्थिति होला भनेर निर्णय गर्न कार्यसमितिले उचित ठानेन र कार्यसमितिले अधिकांश पंजीकृत सदस्यहरुको उपस्थिति हुन्छ भन्ने बिश्वास राखेको थियो र संस्थाले सोहि अनुसारको आफ्नो तयारि गरेको थियो ।
संस्थाभित्र कतै आर्थिक अपचलन भएको होकी भन्ने कसैलाई लागेको छ भने हामि गर्बका साथ भन्छौ, संस्थाको रकममा कहिँ कतै पनि दुरुपयोग वा अपचलन हुन दिने छैनौ र हुदैन। यसमा कार्यसमिति सचेत छ र आफ्नो प्रतिबद्धता पनि ब्यक्त गर्दछौ।
अन्तमा एनसीसी कतारले एक बर्षमा गरेका राम्रा कामहरुमा यहाँहरुको प्रत्यक्ष / अप्रत्यक्ष सहभागिता र सहयोगबाट मात्रै सम्भब भएको हो। तसर्थ यसलाई सबैले अपनत्व गरौ। आगामी दिनहरुमा पनि हामि सम्पुर्ण पंजीकृत सदस्यहरु र दोहामा स्थापित सम्पुर्ण संघ संस्थाहरुबाट यहाँहरुले दिनु भएको साथ सहयोगको निरन्तरताको अपेक्षा गर्दछौ।
धन्यवाद !
~गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार