काठमाडौं । कतारको परोपकारी संस्था कतार च्यारिटी कतारमा रहेका आप्रवासी समुदायहरुको महिला तथा बच्चाहरुको सहयो कार्यक्रम अन्तरगत नेपाली समुदायको लागि गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार लाई प्राप्त महिलाहरुको स्वास्थ्य स्यानिटरि,बच्चाहरुको पोषण खाना र स्यानिटरी सामाग्री शुक्रबार १ जुलाई २०२२ का दिन एनसीसी कतारको महिला बिभाग र नेपाली महिला समाज कतार द्वारा कतारमा बसोबास गर्ने नेपाली परिवारका महिला र बच्चाहरूलाई बितरण गरिएको छ।
एनसिसी कतारले उक्त सामाग्री बितरण कार्यक्रममा सहभागी एनसीसी कतारका सल्लाहकारहरहरु, कार्यसमिती सदस्यहरु साथै महिला समाज कतारका कार्यसमितिहरु र एनसीसी कतारको महिला बिभागका सदस्यहरु सबैलाई धन्यवाद ब्यक्त गरेको छ ।
महिलाहरुको स्वास्थ्य स्यानिटरि ,बच्चाहरुको पोषण खाना स्यानिटरी सामाग्री बितरण सम्बन्धमा।
उपरोक्त सम्बन्धमा कतारको परोपकारी संस्था कतार च्यारिटी कतारमा रहेका आप्रवासी समुदायहरुको महिला तथा बच्चाहरुको सहयो कार्यक्रम अन्तरगत नेपाली समुदायको लागि गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार लाई प्राप्त महिलाहरुको स्वास्थ्य स्यानिटरि,बच्चाहरुको पोषण खाना र स्यानिटरी सामाग्री आज मिति १ जुलाई २०२२ का दिन एनसीसी कतारको महिला बिभाग र नेपाली महिला समाज कतार द्वारा कतारमा बसोबास गर्ने नेपाली परिवारका महिला र बच्चाहरूलाई बितरण गरिएको सम्पुर्णमा जानकारी गराईन्छ।
उक्त सामाग्री बितरण कार्यक्रममा सहभागी एनसीसी कतारका सल्लाहकारहर ज्यूहरु, कार्यसमिती सदस्यहरु साथै महिला समाज कतारका कार्यसमितिहरु र एनसीसी कतारको महिला बिभागका सदस्यज्यूहरु सबैलाई धन्यवाद ब्यक्त गर्दछौ।
बितरण गरिएका सामाग्रीका बिबरणहरु:
१) टुथ पेस्ट – ५०० वटा
२) टुथ ब्रस – ५०० वटा
३) बेबि डाइपर साईज १ – ५९४ वटा
४) बेबि डाइपर साईज २ – ९०० वटा
५) बेबि डाइपर साईज ३ – ४६८ वटा
६) बेबि डाइपर साईज ४ – ११२० वटा
७) फेसियल टिस्यु – ४६८ प्याकेट
८) वेट वाईप टिस्यु – १५३ प्याकेट
९) बच्चाको पोषण खाना – १२० प्याकेट
१०) महिला स्यानिटरी प्याड – ८३ प्याकेट
११) टेम्प स्यानिटरि प्याड – २४ प्याकेट
पदम गिरी
महासचिव
एनसीसी कतार









