काठमाडौं । मिति 17 June 2022 का दिन नेपाली महिला समाज कतारको आयोजना साथैNRNA Global Health Committee र NRNA NCC Qatar महिला बिभाग को सहकार्यमा महिला स्वास्थ्य समस्या सम्बन्धि सचेतना कार्यक्रम भर्चुअल माध्यम बाट आयोजना गरिएको थियो । नेपालि स्त्री रोग डक्टर यहा नभएकोले आफ्ना समस्या खुलेर बताउन नसकिरहेको अवस्थामा यस्तो कार्यक्रम आयोजना गरि आफ्ना समस्या हरु राख्ने यस्तो मौका दिएकोमा धेरै दिदिबहिनिहरुले खुशि ब्यक्त गर्दौ आयोजक टिम लाई धन्यवाद दिएको कुरा नेपाली महिला समाजका अध्यक्ष सरिता भन्डारि पौडेल ले बताउनुभएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि को रुपमा नेपाली दुताबास कतारका कार्यबहाक राजदुत लक्ष्मण खनालले महत्वपुर्ण कार्यकमको आयोजना गरेको मा आयोजक टिमलाई धन्यवाद दिदै भबिष्यका दिनहरुमा पनि यस्तो कार्यक्रमको आयोजना गर्दा नेपाली दुतावास कतार ले आफुले गर्न सक्ने साथ सपोर्ट र सहयोग सधै गर्ने कुरा बताउनु भएको थियो । कार्यक्रममा बिषेश अतिथि को रुपमा उपस्थित हुनुभएको Dr. Sanjeev Sapkota, Chief NRNA Global Health Committee ले उक्त कार्यक्रमको प्रसशा गर्दै बिभिन्न देशहरुमा नेपाली हरुको आत्महत्या बढ्दै गएकोमा दुख ब्यक्त गर्दै Mental Health Awareness को धेरै खाचो भएको कुरा जनाउदै उक्त कार्यक्रममा पनि Mental Health को बारेमा बताउनुभएको थियो ।
त्यसैगरि नेपाली महिला समाज कतारका प्रमुख सल्लाहकार अ्मिना खान ले महिला समाजको स्थापना कालदेखि अहिले सम्म आउदै गर्दा दिदिबहिनिहरुबाट धेरै गुनासा आउने गरेको बारेमा आफ्नो अनुभव सुनाउदै अझै यस्ता कार्यक्रम बेला बेलामा गरिरहनु पर्ने कुरामा जोड दिनुभएको थियो भने NRNA NCC Qatar का अध्यक्ष मोहम्म्द मुक्तादा मुसलमान ज्युले शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा मुख्य वक्ताको रुपमा Dr Nitesh Aryal specialist physician र Dr Sumitra Thapa MD Gynecologist रहनुभएको थियो भने बिभिन्न दिदिबहिनिहरुबाट आएका समस्या र जिज्ञासालाई सरल रुपमा प्रस्तुत गर्दौ महिलामा हुने सामान्य स्वास्थ्य समस्या र महिलामा हुने बिशेष समस्याहरुको बारेमा सबै पक्षलाई निकै गहन तरिकाले समेट्नुभएको थियो ।
साउदि अरबबाट बिषेश अतिथिको रुपमा Yasmin Sayed Begum, Advisor NRNA Global Health Committee रहनु भएको थियो भने उहाले साउदि अरब मा रहनुभएका दिदिबहिनिहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिदै आफुलाई पनि यस्तो महत्वपुर्ण कार्यक्रममा सहभागी हुने मौका दिएकोमा आयोजक टिम प्रति हार्दिक आभार ब्यक्त भएको थियो । उक्त कार्यक्रमको शुरुवात नेपाली महिला समाज कतारकि उपाध्यक्ष माया केसिले गर्नु भएको थियो भने अध्यक्ष सरिता भन्डारि पौडेल आफैले मध्यस्त कर्ताको भुमिका निर्बाह गर्नु भएको थियो ।