१) नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जजीरा एअरवेज (Jazeera Airways) ले २२ मे २०२२ देखि दोहाबाटसमेत साताको तीनवटा नियमित उडान शुरु गर्ने तालिका सार्वजनिक गरेको छ ।
२) मे २१ शनिबार देखि लागू हुनेगरि सार्वजनिक सवारी र अस्पतालमा बाहेक अन्य स्थानमा मास्क लगाउनपर्ने नियम हटेकाे छ । मोबाइलमा एह्तेराज एपको प्रयोग भने अझै गर्नुपर्नेछ ।
३) सडकको बायाँ पट्टिको लेनमा तोकिएको भन्दा कम गतिमा सवारी चलाए ५०० रियाल जरिवाना हुने ट्राफिक विभागले बताएको छ ।
४) हमाद अन्तर्राष्ट्रिय विमानस्थलले आगमन तथा प्रस्थान गेटमा यात्रु ओराल्ने र चढाउने पार्किङ बन्द गर्ने भएको छ ।