आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

कतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती

आइतबार, जेष्ठ ८ २०७९

सन्तोष क्षत्री
दोहा, कतार

कतार स्थित नेपाली राजदुतावासमा २५६६ औं बुद्ध जयन्ती भब्य कार्यक्रम गरि मनाईएको छ ।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको समन्वय र कतारमा स्थापित ६२ वटा नेपाली संघ संस्थाहरूको संयुक्त आयोजनामा शुक्रबार २५६६ औँ बुद्ध जयन्ती मनाइएको हो । कार्यक्रममा बोल्दै कतारको लागी कार्यवाहक राजदूत लक्ष्मण खनालले राष्ट्रिय विभूति बुद्धले बिश्व शान्तिको लागि हजारौं वर्ष पहिला राखेको विचार अझै पनि उपयुक्त रहेको भन्दै अतिरिक्त मोह र लोभ नै मानिसको दुःखको कारण भएको बताउनुभयो । खनालले अतिरिक्त मोहकै कारण अशान्ति बढ्ने हुँदा अनावश्यक मोह त्याग्न सके बुद्धको मार्गमा हिँड्न सकिने बताउनुभयो । खनालले दया करुणा र अहिंसाको बाटोमा हिँड्न सकेमा बुद्धत्व प्राप्त हुने बताउनुभयो । बुद्धले विश्व शान्तिको लागि दिएका दिब्य उपदेश प्रचार प्रसार गर्न आवश्यक रहेको भन्दै हालै संचालनमा आएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध विमानस्थलले यात्रुको सहजता संगै बुद्ध भुमिको प्रचारप्रसारमा ठुलो भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रम बौद्ध लामा गुरुहरु मार्फत पूजा अर्चना सहित बिधिवत शुभारम्भ गरिएको थियो । साथै पुजा अर्चना गर्न सहभागीको सहजताको लागि छुट्टै हलको ब्यबस्थापन गरिएको थियो ।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका कार्यवाहक अध्यक्ष जैवी चाम्लिङ राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदुतावास कतारका लेबर कन्सुलर कृष्ण खनाल, द्धितिय सचिव प्रवीण भट्टराई, गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्मा, मध्यपुर्व महिला संयोजक सरिता भण्डारी, मध्य पुर्व युवा उप-संयोजक मिनराज वाग्ले, आइसिसी सदस्य तेज कटुवाल लगायत एआरएनए अभियानता, समाजसेवी, पत्रकार एवं आयोजक संघ संस्थाका प्रमुख/प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका द्वितीय उपाध्यक्ष प्रेम चलाउनेले स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन महासचिव महासचिव पदम गिरीले गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै एनसिसिका कतारका कार्यबाहक अध्यक्ष जैवि राईले पुजा अर्चनाको ब्यबस्थापन गर्ने जनजाति महासंघ अन्तर्गतका जातीय तथा भातृसंगठन र कार्यक्रमा संयुक्त आयोजक बन्ने सम्पुर्ण संघ संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै उहाले प्रवासमा रहेर पनि एनआरएनए कतारले नेपालका राष्ट्रिय पर्वहरू संयुक्त रूपमा मनाएर एक आपसमा भाइचारा कायम गर्ने गरेको भन्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार