आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत बनभोज कार्यक्रम सम्पन्न (फोटोफिचर)

शनिबार, चैत्र ५ २०७८

काठमाडौं । नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा गैरआवासीय नेपाली संघ आईसीसी सदस्य एवं रास्टि«य समन्वय परिषद कतारको सन् २०२१–२०२३ कार्यकालको लागि निर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कलाकारको विभिन्न सास्कृतिक प्रस्तुति रहेको थियो । भने कलाकारलाई सम्मान पत्रले सम्मान गरिएको थियो । साथै कार्यक्रममा संगठनमा आवद्ध ५० जना बढीलाई अविर र खादा ओढाएर स्वागत गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथिका रुपमा नेपाली जनप्रगतिशिल मञ्च कतारका पुर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार रमेश भट्टले संस्था सदैव मजदुरको पक्षमा काम गर्दै आएको बताउनुभयो । भट्टले नेपाली जनप्रगतिशिल मञ्च बैचारिक संस्था भएपनि कतारमा मुख्यत सामाजिक काममा सक्रिय रहेको बताए । उनले संस्थाले आगामी दिनमा पनि एनआरएनए लगाएत बैचारिक एवं सामाजिक संस्था सङ्ग समन्वय गर्दै मजदुरको हितमा काम गर्दै जाने बताए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिती कतारका सभापति अजिज अलि, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरी गैरे, प्रवासी नेपाली मंचका महासचिव प्रभात त्रिपाठी, गैरआवासीय नेपाली संघका मानार्थ परिषद सदस्य बिमल सुवेदी , गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद, कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनआरएनए आइसीसी सदस्य एवं नेपाली महिला समाजका अध्यक्ष सरिता भण्डारी, गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारका महासचिव पदम गिरी, नेपाल पत्रकार महासङ्ग कतार शाखा अध्यक्ष करिम बकस मिया, गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष राकेश श्रेष्ठ, जिल्लाको संस्थाको प्रतिनिधित्व गर्दे झापाली समाजका अध्यक्ष केशव कार्की अतिथिका रुपमा रहेका थिए । कार्यक्रमको अध्यक्षता नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले गरेका थिए भने स्वागत वरिष्ठ उपाध्यक्ष राज देवकोटाले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार