काठमाडौँ । गोरखा सेवा समाज कतारले विभिन्न कार्यक्रम गर्ने भएको छ । समाजले एक विज्ञप्ति जारी गर्दै कार्यक्रममा सहभागिताको लागि अनुरोध गरेको छ ।
कार्यक्रममा सहभागिताको लागि सादर अनुरोध
आदरणीय कतारमा स्थापित संघ- संस्था प्रमुख ज्युहरु, सामाजिक अभियान्ता ज्युहरु, पत्रकार ज्युहरु एवम् कतारबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु नमस्कार,
गोरखा सेवा समाज,कतारले आफ्नो स्थापना कालदेखि नै गृह जिल्ला गोरखा र प्रवास भुमी कतारमा विभिन्न सामाजिक गतिविधिमा महत्त्वपूर्ण भूमिकामा सामाजिक कार्य सम्पादन गर्दै आएको अवगत गराउँदछौं l हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको यस संस्थाले केहि समय देखि बिश्वमा फैलिएको कोरोना महामारीको विषम परिस्थितिका कारण संस्थागत गतिविधि सञ्चालनमा कठिनाइ उत्पन्न भएता पनि संस्थाले आफ्ना सामाजिक अभियान र संस्थागत गतिविधि बाट संस्थालाई सक्रिय बनाई राख्न र समाजका हरेक तह र तप्का सम्म पुग्न वर्तमान कार्यसमितिको कार्ययोजना अनुरुप असल र सफल नागरिक निर्माणका लागि उत्प्ररेणात्मक कार्यक्रम सहित सकारात्मक सोचको बिकाश, व्यक्तित्व बिकाश र नेतृत्व बिकाशका बिशेष प्रशिक्षण कार्यक्रम बिद्युतिय माध्यम (जुम) मार्फत तपसिल बमोजिम कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारीका लागि अनुरोध छ l
उक्त कार्यक्रमहरुमा यहाँहरुको सहभागिताको लागि सादर अनुरोध गर्दछौं ।
कार्यक्रमहरु :
१. ०८ फेब्रुअरी २०२२ मंगलबार – कार्यक्रम सहजकर्ता – बिजय राज सिग्देल – ब्यक्तितब र नेतृत्व बिकाशका लागि बिशेष प्रशिक्षण कार्यक्रम
२. ११ फेब्रुअरी २०२२ – शुक्रबार – कार्यक्रम सहजकर्ता – रमन भट्टराई – सकारात्मक सोचको बिकाश “बुद्धिमा रोग कसरी लाग्छ, त्यसको सजिलो उपचार के ?”
३. १८ फेब्रुअरी, २०२२ शुक्रबार – कार्यक्रम सहजकर्ता – नारायण सिग्देल – अन्तरक्रिया कार्यक्रम “नेपालमा कृषिको संभावना”
नोट :
१. कार्यक्रम कतारको समय दिउँसो ४:१५ (नेपालको समय साझ ७:००) बजे बाट शुरु हुनेछ ।
२. Zoom कार्यक्रम शुरु हुनु भन्दा १५ मिनेट अघि बाट खुल्ला रहनेछ ।
३. कार्यक्रममा सहभागिको लागि प्रमाणपत्र ब्यबस्था गरिएकोले समयमा नै आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।
बिद्युतिय माध्यम (जुम) :
Join Zoom Meeting
https://us02web.zoom.us/j/87948920342?pwd=elVQMVlkL0VCMFUra2Vtdm1LZEtBQT09
Meeting ID: 879 4892 0342
Passcode: 2022
गोरखा सेवा समाज, कतार परिवार



