काठमाडौ । गैर आवासीय नेपाली संघ(एनआरएनए) नेदरल्याण्डको आशन्न नवौं महाधिबेशनको लागि गठीत निर्वाचन समितिको बैठक सम्पन्न भएको छ । जुन २३ मा निर्बाचन समितिका संयोजक फणीन्द्र पन्तको अध्यक्षतामा सम्पन्न बैठकले निर्बाचन लक्षीत पञ्जीकृत सदस्यता वितरणमा अनियमितता भएको ठहर गरेको छ । बैठकले एक ब्यक्तीको सदस्यता बापतको शुल्क अर्कै ब्यक्तीको खाताबाट आउनु रहस्यमय भएको भन्दै गम्भीर अनियमितता भएको ठहर गरेको हो । कुन प्रयोजनले अरुको सदस्यता बापतको शुल्क भुक्तान गरियो भन्ने बारेमा लिखित जवाफ माग्ने निणर्य समेत गरेको छ । नवौ महाधिवेशनको लागि सदस्यहरुको सार्वजनिक गरिएको बिबरणमा सदस्यको बैयक्तीक गोपनियता कायम राख्न चाहने सदस्यले त्यसलाई हटाउनुपर्ने भएमा जुन २५ सम्म निर्वाचन समितिलाइ जानकारी गराउन आग्रह गरेको छ । बैठकले निर्बाचन आचारसंहिता तथा निर्देशिका,निर्बाचन कार्यतालिका र सदस्यता सम्बन्धी उजुरीको प्रस्ताब सर्बसम्मतरुपमा पारित गर्दै सार्वजनिक गर्ने निणर्य समेत गरेको छ । नेदरल्याण्डका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक शशी पौडेलले मेम्बर बनाऊदा मनपरि गरेको र एनआरएनएको बिधानलाई धोति लगाएर अगाडी बढेका छन उनको सर्बत्र बिरोध भएको छ बैठकमा निर्बाचन समितिका सदस्यहरु उत्तम कडेल,विकास शर्मा,उदय नेपाली र शालीक गौतमको सहभागिता रहेको थियो ।

