आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बाढी पिडितलाई राहत तथा उद्धारको व्यवस्था गर्न एनआरएनएको अपिल(अपिलसहित)

शुक्रबार, असार ४ २०७८

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अबिरल वर्षाको कारण सिन्धुपाल्चोकको मेलम्ची लगायत नेपाल भरी नै बाढी तथा पहिरो पिडितहरूलाई सहयोग गर्न अपिल गरेको छ । संघका अध्यक्ष कुमार पन्तले शुक्रवार एक विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोमा परि ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलीव्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् । ’अबिरल वर्षाको कारण सिन्धुपाल्चोकको मेलम्ची लगायत नेपाल भरी नै बाढी तथा पहिरो पिडितहरुको दुखले हामी मर्माहित भएका छौं । बाढी तथा पहिरोमा परि ज्यान गुमाउनु भएका सम्पपूर्ण व्यक्तित्वहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछौं ।
हरेक वर्ष नेपालमा बाढी र पहिरोबाट हुने जनधनको क्षेती कम गर्न नेपाल सरकारलाई दिर्घकालिन रणनीति बनाउन पनि सुझाव दिदै पिडितहरुलाई उचित राहत तथा उद्धारको व्यवस्था गर्न समेत अनुरोध गर्दछौं ।
मातृभूमीमा रहेका दाजुभाई, दिदिबहिनी तथा आमाबुबाको दुखले हामीलाई पिरोलेको छ । यस दुखद घडीमा सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नको लागि हार्दिक अपिल गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार