काठमाडौ । गैर आवासीय नेपाली संघ(एनआरएनए)राष्ट्रिय समन्बय परिषद(एनसीसी) कतारको नबौ महाधिबेशन मार्फत २०२१–२०२३ कार्यकालको आशन्न निर्बाचनमा संखुवासभा समाज कतारका संस्थापक तथा सल्लाहकार नरेश श्रेष्ठले आइसीसी सदस्यमा उम्मेद्धारी दिएका छन । संखुवासभा समाज कतारका अध्यक्ष द्रोण कार्कीले श्रेष्ठलाई आइसीसी सदस्यको उम्मेद्धारको लागी समाजले संस्थागत निर्णय गरेकोे बताउदै सहयोगको अपिल गरेका छन । उनले कतारमा रहेका पञ्जीकृत सदस्य,संघसंस्था लगायत सम्पुर्णमा श्रेष्ठलाई साथ सहयोग र सर्मथन गरि विजयी गराउन आव्हान गरेका छन ।