शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनको आगामी निर्वाचनमा कतारबाट अरसद हुसेन खानको आइसीसी सदस्यमा उम्मेद्धारी

बुधबार, असार २ २०७८

काठमाडौ । गैर आवासीय नेपाली संघ(एनआरएनए)को आशन्न निर्बाचन २०२१–२०२३ कार्यकालको लागी अन्तराष्ट्रिय समन्बय परिषद(आइसीसी)सदस्यमा कतारबाट अरसद हुसेन खानले उम्मेद्धारी दिएका छन ।उनले आफ्नो उम्मेद्धारी एनआरएनए एनसीसी कतारको कार्ययोजना तथा परियोजनाहरुलाई सफल पार्नको लागि आवाश्यक भूमिका निर्वाह गर्ने, एनसीसीका मुद्धाहरुलाई आइसीसी र सम्बन्धित निकाय सम्म पुर्याएर आवाज उठाउने र समाधानका लागि पहल गर्न केन्द्रीत हुने बताउदै उम्मेद्धारी दिएको घोषणा गरेका हुन । खान एनआरएनए एनसीसी् कतारमा आबद्ध हुँदैे २०१५ – २०१७ को कार्यसमिति चैनसमिति को सदस्य, २०१७–२०१९ को कार्यसमिति चैनसमिति सदस्य तथा २०१९ – २०२१ को एनसीसी कार्यसमितिमा सदस्य रहि कार्य सम्पादन गरेको अनुभब बटुलीसकेका छन । उनले आफु सदैब एनसीसी कतारको बृहत्तर हितको लागी काम गर्ने बताउदै कतारबासी एनसीसी सदस्यहरुलाई आगामी कार्यकालको लागी आफ्नो अमुल्य मत दिई आइसीसी सदस्यमा विजयी गराउन आग्रह गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार