मलेसिया(जस)–गैर आवासीय नेपाली संघ(एनआरएनए)मलेसियाले मलेसियामा कार्यरत श्रमिकहरु समस्यामा पर्दा उद्धार एवम् उपचार तथा मृत्यु भएका कामदारदाई नेपाल ल्याउनका लागि करीब १५ लाख रुपैयाँको श्रमिक कल्याणकारी कोष बनाएको छ । एनआरएन मलेसियाको आइतबार सम्पन्न छैटौं अधिवेशनबाट अध्यक्षमा हरि भट्टराई निर्वाचित भएसँगै मलेसियन मुद्रा ५० हजार रिंगिटको कोष बनाउने घोषणा गरेका हुन् । मलेसियामा रहेका नेपालीहरुको सहयोगमा सो रकम कोषमा जम्मा गरिने उनको भनाइ छ । अध्यक्षमा निर्वाचित भट्टराईले आफ्नो १४ बुदेँ प्रतिबद्धता घोषणापत्रसहित आफ्नो उम्मेदवारी घोषणा गरेकोमा घोषणापत्रमा मलेसियामा कार्यरत श्रमिकलाई समस्यामा परे वा नेपाल फर्किनु पर्ने अवस्था आए तिनलाई आर्थिक सहायता प्रदान गर्न श्रमिक कल्याणकारी कोष स्थापना गर्ने, उक्त कोषमा व्यक्तिगत रुपमा ५० हजार रिंगेट हालेर कोषको सुरुवात गर्ने विषय प्रमुख थियो । यस्तै कोषलाई पारदर्शी ढंगमा संचालन गर्न आफु बाहेक संस्थामा आवद्द ३ सदस्यीय समिति निर्माण गर्ने र जसमा नेपाली दूतावास मलेसियाले सिफारिस गरेका समस्यामा परेका श्रमिकले पहिलो प्राथमिकतामा सहयोग पाउने उनको घोषणापत्रमा उल्लेख छन् । कोष स्थापनसँगै भट्टराईले आफ्नो बाचार पूरा गरेका छन् ।
अधिवेशनले ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा लालबहादुर आले, उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर सिंह, महिला उपाध्यक्षमा शुभद्रा लिङ्ग्देन, महासचिवमा हेमराज सापकोटा, सचिवद्वयमा रञ्जितकुमार क्षेत्री र नन्दबहादुर क्षेत्री, कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल, सहकोषाध्यक्ष राकेशप्रसाद महतो, युवा संयोजकमा रविलाल अधिकारी, महिला संयोजकमा शारदा देवान याक्खालाई चयन गरिएको छ ।
सदस्यहरुमा अरुण गिरी, विनोदकुमार राना, विनोद पाण्डे, गोविन्द साउद, सन्तोष कार्की, पासाङ लामा, दिलकुमार केरुङ, अनिलकुमार चौधरी, योगेन्द्र कोइराला, मचिन्द्रनाथ चापागाईं, ईन्द्रनारायण लिम्बु, कृष्णबहादुर बस्नेत, हरिप्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, सन्तोषप्रकाश रिजाल, ईन्द्रबहादुर कुँवर माधवप्रसाद भुषाल र केशवकान्त झा निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा महेन्द्रजंग शाह र टेकबहादुर टमोटा चयन भएका छन् । कार्यक्रममा एनआरएन केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यलगायतको सहभागिता थियो ।