आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कृष्णभीरमा नयाँ ट्रयाकको परीक्षण सफल

आइतबार, भाद्र २८ २०८३

काठमाडौं(जस)–कृष्णभीर पहिरोबाट सडक सञ्चालनमा ल्याउने कार्य अन्तर्गत परीक्षणको रूपमा काठमाडौँ–चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ । पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसारत्यसैगरी, चितवन–काठमाडौ तर्फबाट एउटा भारी सवारी साधनसमेत सफलतापूर्वक पास गराइएको छ । सडकलाई पूर्ण सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा जारी छ ।
पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्रयाकमा आइतबारदेखि ग्राभेल गर्न थालिएको छ । सडकमा फराकिलो पार्ने, सतह मिलाउने कामसँगै ग्राभेल गर्न सुरु गरिएको हो । यही भदौ १४ गते त्रिशूली नदीको बाढीले सडकको फेदमा कटान गरेर भासिएपछि सँगैको पहाड खोलेर ट्रयाक निर्माण भइरहेको छ । दुवैपट्टीबाट तीव्र गतिमा काम भइरहेको छ । नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार ग्राभेल बिछ्याउने काम भइरहेको छ ।
केही दिनभित्रै काम सम्पन्न गर्नेगरी ठूलो सङ्ख्यामा उपकरण र जनशक्ति परिचालन गरिएको इन्जिनियर ढकालले जानकारी दिए । यो राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग हो । यो सडक हुँदै दैनिक १४ हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । अहिले सडक रोकिँदा मुख्य रुपमा ग्याससहित खाद्यान्नको अभाव राजधानीले बेहोर्नु परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार