बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

असिनाले करोडाँैको बालीनाली नष्ट

मंगलबार, चैत्र १९ २०७५

पर्वत र बागलुङ जिल्लाका विभिन्न स्थानमा सोमबार दिउँसो आएको असिनापानीले बालीनालीमा ठूलो क्षति पु¥याएको छ । पर्वतको फलेवास नगरपालिका, विहादी गाउँपालिका र बागलुङको जैमिनी नगरपालिकामा असिनापानीले बालीनाली र फलफूल खेतीमा ठुलो क्षति पु¥याएको हो । करीब एक घण्टा परेको असिनाले बालीनालीसँगै फूल खेल्दै गरेको सुन्तलाबाली, भित्र्याउने तयारीमा रहेको गहुँ, तोरीलगायतका बाली पूर्णरूपमा झारेर नष्ट गरेको नगरपालिका–८ छिस्तीका गोविन्द पौडेलले जानकारी दिए ।

नगरपालिका–७ को जैदीमा पनि असिनापानीले क्षति पु¥याएको पौडेलले बताए । फलेवास नगरपालिकाको वडा नं ५, ६, ७, ९, १०, ११, विहादी गाउँपालिका वडा नं १ मा पनि असिनापानीले बालीनालीमा क्षति भएको छ । फलेवास नगरपालिका वडा नं ९ भङ्गाराका अर्जुन क्षेत्रीले हिउँदेबाली सबै असिनाले सखाप पारेको बताए । पर्वतका एक दर्जन स्थानमा असिनापानीले बालीनालीमा ठूलो नोक्सानी पु¥याएको तर क्षतिको यकिन विवरण भने सङ्कलन गर्ने काम भइरहेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । पर्वत र बागलुङ जिल्ला हेर्दै आएको केन्द्रले दुवै जिल्लामा क्षतिको विवरण सङ्कलनका लागि प्राविधिक परिचालन गरिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार