बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्डमार्फत हुने भुक्तानी प्राप्ति सेवा सुरू

बुधबार, साउन १३ २०८३

काठमाडौं(जस)–एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ्ग सेवालाई अझ विस्तार र सुदृढ बनाउँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को नेपालपे कार्डबाट हुने भुक्तानी प्राप्ति गर्ने सेवा सुरु गरेको छ । यससँगै अब बैंकले आफ्ना ग्राहकहरुका लागि नेपालपे कार्डमार्फत भुक्तानी प्राप्ति गर्न सहज हुनेछ । साथै, डिस्कभर नेटवर्क अन्तर्गत रुपे कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्डहरु पनि अब बैंकको एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ ।
नेपालपे कार्ड नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा आएको नेशनल कार्ड स्कीम हो, जुन नेपालमा नेशनल पेमेन्ट स्विच मार्फत र अन्तर्राष्ट्रिय भुक्तानी पार्टनर डिस्कभर नेटवर्क मार्फत विश्वव्यापी रुपमा प्रयोग गर्न सकिन्छ ।
नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे कार्ड सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ । बैंकको यस पहलले ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भइसकेको नेशनल कार्डको प्रवद्र्धन गर्नुका साथै डिजिटल रूपान्तरणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार