काठमाडौं, १ असोज । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य बिहीबार छापावाल सुन तोलामा २३ सय रुपैयाँ घटेर दुई लाख ९९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन तोलामा १७ सय रुपैयाँ बढेको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ घटेर ४६ सय २५ रुपैयाँमा झरेको छ। बुधबार चाँदी तोलामा ८५ रुपैयाँ बढेर चाँदीको भाउ ४६ सय ८५ रुपैयाँ पुगेको थियो।