काठमाडौं(एजेन्सी विश्वकप २०२६ समापन भएको दुई सातापछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि पद त्याग्न दबाब बढेको छ । फिफाको स्वामित्वमा निजी लगानीकर्ता भित्र्याउने उनको प्रयासको सर्बत्र आलोचना र असहयोग भईरहेको बेला इन्फान्टिनो माथी पद त्यागका लागि अन्तराष्ट्रिय दबाब बढेको हो । खासमा फिफा प्रमुख इन्फान्टिनोले पुरुष तथा महिला विश्वकप लगायतका प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने प्रस्तावलाई समर्थन गरेमा सबै २११ सदस्य राष्ट्रहरूलाई ४ करोड अमेरिकन डलर दिने प्रस्ताव अघि सार्दै फिफाको २० प्रतिशत सेयर नीजि लगानीकर्तालाई दिने प्रस्ताव अघि सारेका थिए ।
फिफा अध्यक्ष इन्फान्टिनोको योजनाअनुसार ‘एफएफई’ ले विश्वकप र अन्य प्रतियोगिताहरू सञ्चालन गर्न २० अर्ब डलरको सहायक कम्पनी खडा गर्नेछ र यसमा बाह्य लगानीकर्तालाई २० प्रतिशतसम्मको हिस्सेदारी दिइने छ । यसका लागि आवश्यक लगानी ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ जोशुआ कुशनरले उपलब्ध गराउने तयारी भएको थियो, जो औपचारिक सम्झौता मात्रै हुन बाँकी रहेको बेला अगाडी बढ्न सकेको छैन् । विश्वभरीवाट तिब्र आलोचना र बिरोध पछि इन्फान्टिनो गत शनिवारवाट सो निर्णयवाट पछि हटि सकेको भए पनि उनी माथि अब पदत्यागको माग थपिएको छ । मार्चमा चौथों कार्यकालका लागि उम्मेदवारी दिने तयारी गरिरहेको इन्फान्टिनो माथी सो अघि नै उनले ‘नैतिकताको आधारमा पद त्याग’ गर्नुपर्ने दबाब बढेको हो ।
युरोपेली फुटबल महासंघ (युएफएफए) स्रोतहरूका अनुसार फिफा अध्यक्ष इन्फान्टिनोले पद नत्यागेसम्म उक्त नियामक निकायलाई असहयोग गर्ने चेतावनी दिइरहेको छ । निजी लगानीकर्ताहरूलाई फिफा प्रतियोगिताहरूको स्वामित्वको हिस्सा बेच्ने इन्फान्टिनोको योजना रद्द भएपछि पनि उत्पन्न विवाद थप चर्किरहेको बेला इन्फान्टिनो पदमा रहुन्जेल कुनै समर्थन नगर्ने अडान लिएका छन् । उनको राजिनामा पहिलो सर्त हुन सक्नेछ । प्रस्तावित अवरोधका विवरणहरू स्पष्ट नभए पनि युरोपेली फुटबल संघका एक वरिष्ठ अधिकारीका अनुसार पहिलो चरणमा फिफाका बैठकहरूमा सहभागी हुन अस्वीकार गरिने निर्णय हुन सक्नेछ । युरोपेली फुटबलको नियामक निकायले ती प्रस्तावहरूका विरुद्ध कानुनी कारबाहीको चेतावनीको र वेल्सले फिफा अध्यक्षको रूपमा चौथो कार्यकालका लागि इन्फान्टिनोको उम्मेदवारी प्रतिको समर्थन सार्वजनिक रूपमा फिर्ता लिइसकेको छ । साथै, इङ्गल्याण्डको फुटबल संघले पनि सोही कदम पछ्याउने तयारी गरिरहेको बीबीसीले जनाएको छ ।
उता, स्कटिस फुटबल संघको अडान पनि युएफएफएको जस्तै छ, जसले ५६ वर्षीय इन्फान्टिनोप्रति अविश्वास व्यक्त गरेको छ । युरोप, उत्तर तथा मध्य अमेरिका र क्यारिबियन क्षेत्रका फुटबल नियामक निकायहरूले इन्फान्टिनोको नेतृत्व माथि यसअघि नै सार्वजनिक रूपमा प्रश्न उठाइसकेका छन् । युरोपका सर्बिया, स्वीडेन र फिनल्याण्डले पनि समर्थन फिर्ता लिए पछि इन्फान्टिनोमाथि दबाब बढिरहेको छ तर मोरक्को, कतार, लेबनान, कुवेत र श्रीलंकाजस्ता देशहरूले भने फिफा नेतृत्वमा इन्फान्टिनोको निरन्तरताका लागि समर्थन जनाईरहेका छन् । एसियाली फुटबल महासंघले आफू युएफएफए र कोनक्याफसँग एक ठाउँमा रहेको बताएको छ भने अफ्रिका, कन्मोबेल र ओसिनियाले इन्फान्टिनोको योजनाको अहिलेसम्म आलोचना गरेका छैनन्, न त समर्थन नै ।
आगामी मार्चमा इन्फान्टिनो अध्यक्षको रूपमा अन्तिम कार्यकालका लागि पुनः निर्वाचनमा उठ्ने तयारीमा छन र जित्नका लागि उनलाई फिफाका २११ सदस्यहरूमध्ये १०६ राष्ट्रको मतको आवश्यकता पर्नेछ । फिफामा युएफएफएसँग ५५, अफ्रिकाका ५४, एसियाका ४६, कोनक्याफका ३५, ओसिनियाका ११ र कोन्मेबोल राष्ट्रका १० मत रहेको छ । यद्यपि, फिफा काउन्सिलले आपतकालीन बैठक बोलाएर इन्फान्टिनोलाई राजीनामा दिन बाध्य पार्ने प्रयास गर्न सक्ने बीवीसी स्पोर्टसले जनाएको छ । यस्तो प्रक्रिया तब अघि बढ्नेछ, जब फिफा काउन्सिलका ३७ सदस्यहरूमध्ये १९ जनाले त्यस्तो बैठकको माग गर्नेछन् र उक्त माग गरेको बैठक दुई हप्ता भित्रै बस्नुपर्ने हुन्छ । काउन्सिलमा युइएफएका ९, एएफसीका ७, कोन्काकाफका ५, अफ्रिकाका ६, कोन्मेबोलका पाँच र ओसिनियाका ३ सदस्य रहेका छन्। इन्फान्टिनो र महासचिव म्याथियास ग्राफस्ट्रोमले यसलाई अगाडी बढाए आकस्मिक रूपमा काउन्सिलको बैठक बस्नेछ ।