काठमाडौँ(जस)–शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब १८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ८२.९७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ६४ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी ६.८९ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।
बैंकको खुद फी तथा कमिशन आम्दानी ३.२३ प्रतिशतले बढेर ३१ करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ३० करोड १९ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६.३९ प्रतिशतले बढेर ३ अर्ब १६ करोड ७९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ रहेको थियो । बैंकको सञ्चालन मुनाफा ९०.७४ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ९१ करोड ११ लाख रुपैयाँ रहेको थियो ।
बैंकको कुल सम्पत्ति ८० अर्ब ३५ करोड रुपैयाँबाट बढेर ८७ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ । ५ अर्ब २ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब १४ करोड ८ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ६६ करोड ८५ लाख रुपैयाँबाट ८४ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको कर्जा लगानी ५६ अर्ब ९० करोड ७१ लाख रुपैयाँबाट ६३ अर्ब २६ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ७१ अर्ब ७६ करोड ७१ लाख रुपैयाँबाट ७७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २३.५२ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ४.९३ प्रतिशत, प्रतिसेयर नेटवर्थ १५९.४८ रुपैयाँ रहेको छ ।