काठमाडौँ(जस)–हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सामसुङ प्लाजाले काठमाडौंको कालिमाटीमा आफ्नो १६औँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुम उद्घाटनसँगै सामसुङले नेपालमा आफ्नो खुद्रा बिक्री सञ्जाललाई थप विस्तार गर्दै उपभोक्तालाई सक्कली सामसुङ उत्पादन तथा गुणस्तरीय सेवा अझ सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । नयाँ शोरुमको औपचारिक उद्घाटन सोमबार बिहान सामसुङ नेपालका प्रबन्ध निर्देशक चाङ यूके जङ र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रूपमा गरेका हुन् ।
कालिमाटीस्थित नयाँ शोरुममा सामसुङका नवीनतम स्मार्टफोन, स्मार्ट टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनरलगायत घरायसी विद्युतीय उपकरण तथा अन्य इलेक्ट्रोनिक उत्पादनहरूको विस्तृत श्रृंखला उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उद्घाटनको अवसरमा ग्राहकका लागि विशेष अफरको व्यवस्था गरिएको छ । साथै, आधुनिक किनमेल अनुभवसँगै तालिमप्राप्त कर्मचारीमार्फत उत्पादन छनोट, प्रयोग तथा बिक्रीपछिको सेवासम्बन्धी व्यावसायिक परामर्श पनि उपलब्ध हुनेछ ।
सामसुङ प्लाजाले नयाँ शोरुम सञ्चालनसँगै अत्याधुनिक प्रविधि, गुणस्तरीय उत्पादन र भरपर्दो ग्राहक सेवालाई देशभरका उपभोक्तासम्म अझ प्रभावकारी रूपमा पु¥याउने आफ्नो प्रतिबद्धता दोहो¥याएको छ । कम्पनीले कालिमाटी तथा आसपासका क्षेत्रका ग्राहकलाई नयाँ शोरुममा पुगेर सामसुङका नवीनतम प्रविधि र उत्पादनको प्रत्यक्ष अनुभव लिन पनि आग्रह गरेको छ । हाल कालिमाटीमा खुलेको नयाँ आउटलेटसहित सामसुङ प्लाजाले नेपालभर आफ्नो शोरुम सञ्जाल विस्तार गर्दै उपभोक्तालाई आधिकारिक तथा सक्कली सामसुङ उत्पादन उपलब्ध गराउने अभियानलाई निरन्तरता दिएको जनाएको छ ।