मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

याडियाका नयाँ तीन विद्युतीय स्कुटर सार्वजनिक हुँदै

मंगलबार, साउन १९ २०८३

काठमाडौँ(जस)–विद्युतीय दुईपाङ्ग्रे सवारी साधन ब्रान्ड ’याडिया’ का तीनवटा नयाँ स्कुटर नेपाली बजारमा भित्रिने भएका छन्। नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ विद्युतीय स्कुटर सिरिज (जिएस७०, जिटी ७० र जिटी८०) सार्वजनिक गर्ने घोषणा गरेको हो। कम्पनीका अनुसार यी नयाँ मोडलहरू आधुनिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएका छन्। यसमा अत्याधुनिक प्रविधि, उन्नत सुरक्षा प्रणाली, स्मार्ट कनेक्टिभिटी र प्रभावशाली यात्रा दूरी (रेन्ज) समावेश गरिएको छ ।
यी स्कुटरहरूले नेपाली उपभोक्तालाई उत्कृष्ट र सहज राइडिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। कम्पनीले यी तीनै मोडलको विस्तृत प्राविधिक विशेषता, मूल्य, उपलब्धता र विशेष ’लन्च अफरहरू आगामी ६ अगस्ट २०२६ मा आयोजना हुने औपचारिक लन्च कार्यक्रममार्फत सार्वजनिक गर्ने बताएको छ । याडियाका यी आकर्षक नयाँ स्कुटरहरूले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता पूरा गर्दै नेपाललाई दिगो विद्युतीय यातायाततर्फ अघि बढाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार