मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

‘लग्यौ परान’बाट सुरु भयो ‘कार्की साहिँला’को प्रचारप्रसार

मंगलबार, साउन १९ २०८३

काठमाडौं(जस)–असोज २ गतेबाट प्रदर्शनमा आउने फिल्म‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’रिलिज भएको छ । मंगलबार निर्मण टिमले पत्रकार सम्मेलन गर्दै प्रचारप्रसार स्वरुप उक्त गीत रिलिज गरेको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यलाई अभिनय गराइएको छ । उनीहरुको कमेष्ट्री असाध्यै मिलेको छ । पत्रकारहरु उक्त गीतको भिडियो असाध्यै राम्रो बनेको कार्यक्रममा प्रतिक्रिया दिएका छन् । श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको यस गीतमा शब्द रचना विष्णु नेपाल नेपालीको रहेको छ । साथै गीतमा संगीत संकेत अगस्तीको छ । विशाल निरौलाको एरेन्ज रहेको यो गीतलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष ढुक्क देखिएका छन् ।
फिल्ममा जितु र प्रियानाका साथै शुशील पोखरेल,बिरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । डम्बर राईको कथामा निर्माण भएको यस फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन् । फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा तयार पारेका हुन् । बाल कुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको यो फिल्मको कार्यकारी निर्मातामा भने अनन्त राई रहेका छन् ।
डम्बर राईको डिओपी र नारायण गुरुङको छायाँकन रहने यस फिल्मलाई सन्देश शाहले सम्पादन गरेका छन् । सह–सम्पादनको जिम्मेवारी सन्दिप डाङ्गीले पाएका छन् । यस फिल्मको मुख्य सहायक निर्देशकका रूपमा रोजल थापा,सहायक निर्देशकमा गीत बिष्ट र सजना थापा रहेका छन् । दिप्सन लिम्बु र संकेत अगस्थीको सङ्गीत रहने फिल्मका गीतहरूमा दिप्सन लिम्बु, श्रेय अगस्थी र बेनिशा पौडेलको स्वर सुन्न सकिनेछ । सि.बि. भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रबि केसीको शृङ्गार रहने यस चलचित्रको पोष्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार