सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यी हुन् बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्तावका पक्षमा उभिएका २२ सांसद

मंगलबार, साउन १३ २०८२

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् । मंगलबार संसदीय दलमा भएको मत विभाजनसँगै मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन् ।

अविश्वासको प्रस्तावको पक्षमा २२ मत पर्दा मुख्यमन्त्री लामाको पक्षमा १५ सांसद मात्रै उभिएको पूर्वमन्त्री तथा सांसद मिनकृष्ण महर्जनले जानकारी दिए । उनका अनुसार, संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुनेछ ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्र बानियाँको नेतृत्वमा शुक्रबार २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरिएको थियो ।

यी हुन् अविश्वासको प्रस्तावका पक्षमा उभिएका २२ सांसद

१)  इन्द्रबहादुर बानियाँ
२)  शिवराज अधिकारी
३)  कञ्चनचन्द्र वादे
४)  दिपेन्द्र श्रेष्ठ
५)  पुकार महर्जन
६)  बिनु रायमाझी पौडेल
७)  यमुना देवी श्रेष्ठ
८) उर्मिला नेपाल केसी
९)  शान्ता ढकाल
१०)  प्रभात तामाङ
११) छिरीङ्ग दोर्जे लामा
१२)  मीना पराजुली
१३)  याङ्किला शेर्पा
१४)  मीन कृष्ण महर्जन
१५)  विमल ठकुरी
१६)  मदुकुमार श्रेष्ठ
१७)  सुरजचन्द्र लामिछाने
१८) सुरेश श्रेष्ठ
१९)  श्रीराम लामिछाने
२०)  सुना परियार
२१) श्यामबहादुर खड्का
२२)  कृष्णबहादुर तामाङ

मुख्यमन्त्री लामाको पक्षमा उभिएका १५ सांसद

१)  बहादुरसिंह लामा तामाङ
२)  कुन्दनराज काफ्ले
३)  उत्तम जोशी
४)  लक्ष्मी श्रेष्ठ
५)  रमेशकुमार महत
६)  हरिप्रभा खड्गी
७)  रामकुमार पहाडी
८) छेत्रबहादुर बम्जन
९)  गिता गुरूङ
१०)  मसिना खड्का
११) तिर्थ लामा
१२)  रामकृष्ण चित्रकार
१३)  माया श्रेष्ठ
१४)  गोविन्द लम्साल
१५)  समिता खड्गी

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वासको मत

 

प्रतिक्रिया
सम्बन्धित समाचार