बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३

मन्त्रिपरिषद बैठकद्वारा राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश सिफारिस

बुधबार, असोज २१ २०८३

काठमाडौं । सरकारले तीन वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

भोटेकोसी बाढीलाई मध्यनजर गर्दै विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न लागिएको पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार