काठमाडौं(जस)–नेपाल चेम्बर अफ कमर्सले पोल्यान्डका लागि आफ्नो प्रतिनिधिमा भविन्द्र गाहा मगरलाई नियुक्त गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले गाहा मगरलाई मानार्थ प्रतिनिधिमा नियुक्ति गरेका हुन् । पोल्यान्डमा गाहा मगरको नियुक्तीसँगै नेपाल र पोल्यान्डबीच व्यापार, लगानी, पर्यटन प्रवद्र्धन र व्यावसायिक सहकार्य विस्तार हुने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
नवनियुक्त प्रतिनिधि गाहा मगरले नेपाल र पोल्यान्डबीचको द्विपक्षीय आर्थिक, व्यापारिक तथा पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । सन् २००९ देखि सपरिवार पोल्यान्डमा बसेर व्यवसाय गरिरहेका गाहा मगर हिमालय रेस्टुरेन्ट तथा बिआरएस ग्लोबलका सञ्चालक हुन् । नेपाल चेम्बर अफ कमर्सले विश्वका विभिन्न मुलुकहरूसँग व्यावसायिक सञ्जाल विस्तार गर्न उद्देश्यले अन्तर्राष्ट्रिय क्षेत्रमा यस प्रकारका मानार्थ प्रतिनिधिहरू नियुक्त गर्दै आएको छ ।