बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

ग्लोबल आइएमई क्यापिटलको लाभांश घोषणा

बुधबार, भाद्र २४ २०८३

काठमाडौं(जस)–ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ को लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीका अनुसार १५ प्रतिशत बोनस सेयरबापत ७ करोड ४० लाख ८७ हजार रुपैयाँ र १० प्रतिशत नगद लाभांशबापत ४ करोड ९३ लाख ९१ हजार रुपैयाँ वितरण गरिनेछ ।
लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले असोज १४ गते काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा १९औं वार्षिक साधारणसभा बिहान साढे ८ बजे डाकेको छ । साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३÷८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि निर्णय गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार