बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा नेपाल वायुसेवाको शुल्क छुट

बुधबार, भाद्र २४ २०८३

काठमाडौं(जस)–नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने शुल्कमा विशेष छुट दिने निर्णय गरेको छ । निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपालमा बाढीपीडितका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने सम्पूर्ण शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको हो ।
निगमका अनुसार सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्री ढुवानीमा यस्तो छुट प्रदान गरिनेछ । विपद्को समयमा मानवीय सहयोगलाई सहज र प्रभावकारी बनाउन निगमले यस्तो निर्णय गरेको जनाएको छ ।
यसबाट विभिन्न मुलुक तथा संघसंस्थाबाट नेपालमा पठाइने राहत सामग्री प्रभावित समुदायसम्म छिटो पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । निगमले विपद्का बेला राहत तथा मानवीय सहयोगलाई प्राथमिकता दिँदै प्रभावित नागरिकसम्म सहयोग पु¥याउन आफ्नो तर्फबाट सहजीकरण गर्ने जनाएको छ । नेपाल वायुसेवा निगमले जारी गरेको प्रेस नोटमा उक्त निर्णय एक महिनाका लागि लागू हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार