बुधबार, भाद्र १७ २०८३

बुधबार, भाद्र १७ २०८३

रसुवा बाढीमा १ हजार २०४ शव फेला, ११ हजार ९९३ जनाको उद्धार

बुधबार, भाद्र १७ २०८३

काठमाडौं । भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २०४ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार साँझ ६ बजेसम्म विभिन्न जिल्लामा १ हजार २०४ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार रसुवामा ११५, तनहुँमा ३८, नुवाकोटमा १५५, नवलपरासी पूर्वमा २१७, धादिङमा ६०, नवलपरासी पश्चिममा २०२, गोरखामा ६९ र चितवनमा ३४८ जनाको शव फेला परेको छ । चितवनमा फेला परेका शवमा विभिन्न मानव अंगसमेत रहेका छन् ।

हालसम्म ९५ वटा शवको सनाखत गरी परिवारलाई बुझाइएको छ । बाढीमा परी करिब ४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

बाढीमा परी ३०१ जना घाइते भएका छन् । तीमध्ये १९५ जना विभिन्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका छन् । नेपाली सेनाले ३ हजार १११ जना र सशस्त्र प्रहरी बलले १ हजार ६२८ जनालाई स्वास्थ्य उपचार सेवा दिएका छन् ।

खोज, उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार १९९ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना सुरक्षाकर्मी परिचालनमा छन् ।

हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हवाई माध्यमबाट २७३ विदेशी र ४ हजार ९१ नेपाली गरी ४ हजार ३६४ जनाको उद्धार गरेको छ । सेनाले हालसम्म ६९० हवाई उडान गरेकोमा भदौ १७ गते मात्रै ८० उडान गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार